म परमप्रभुलाई के दिन सक्छु र? ममा भएका सबै कुराहरू परमप्रभुले नै दिनु भएको हो।
Cross references
तर हिजकियाहको हृदय घमण्डले भरिएको थियो, यसर्थ तिनले परमेश्वरको दयालुपन प्रति परमेश्वरलाई धन्यवाद चढाएनन्। यसै कारणले गर्दा परमेश्वर हिजकियाह अनि यहूदा र यरूशलेमका मानिसहरू प्रति क्रोधित हुनु भयो।
तपाईंको सहयोगले मलाई खुशी पार्दछ! मलाई फेरि एकपल्ट त्यो आनन्द दिनुहोस्। मेरो आत्मा बलियो पारी दिनुहोस् र तपाईंको आज्ञा पालन गर्न तयार होस्।
हे मेरो आत्मा, परमप्रभुको प्रशंसा गर अनि नबिर्सि कि उहाँ नै वास्तवमा कृपालु हुनुहुन्छ।
म भयभीत भएँ। मैले भनें, “अहँ, होइन! म नाश हुने रहेछु। म परमेश्वरसंग बोल्नलाई त्यतिको पवित्र छैन्। अनि म त्यस्तै अधर्मी मानिसहरू माझ बस्दछु। तथापि मैले सेनाहरूका परमप्रभु महाराजाधिराजलाई देखेकोछु।”
जब म परमप्रभुको छेउमा जान्छु अनि प्रमाण गर्छु, तब परमेश्वरको छेउमा आफूसंग के लिएर जाऊँ? के परमप्रभुको छेउमा एक वर्षको बाछो होमबलि चढाउँन लिएर जाऊ?
यसैले दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, केही गर भनेर म बिन्ती गर्दछु। परमेश्वरले हामीलाई ठूलो दया देखाउनुभयो। यसकारण परमेश्वरलाई प्रसन्न गर्दै आफ्नो जीवनलाई जीवित बलिदानको रूपमा अर्पण गर। यही तिमीहरूको आत्मिक उपासना हो।
परमेश्वरद्वारा मोल तिरेर तिमी किनिएकाछौ। यसैले आफ्नो शरीरद्वारा परमेश्वरको सम्मान गर।
ख्रीष्टको प्रेमले हामीलाई वशमा राख्दछ। किनभने हामी जान्दछौं हामी सबैको लागि ख्रीष्टले मृत्युलाई सहनु भयो।