Home Bibles भजनसंग्रह 116:11 · नेपाली बाइबल
भजनसंग्रह 116:11 · नेपाली बाइबल

हो, मलाई विश्वास थियो, जब म डराएको थिएँ, मैले भने, “सबै मानिसहरू झूटा छन्!”

Cross references

1 शमूएल 27:1

तर दाऊदले आफैं सोचे, “शाऊलले मलाई एक दिन पक्रिएर मार्ने छ। सबभन्दा राम्रो मलाई यो हुन्छ पलिश्तीहरू भएकोमा भागेर जानु त्यसपछि शाऊलले मलाई इस्राएलमा खोज्न छोड्ने छ। त्यसरी म शाऊलबाट उम्कन सक्नेछु।”

2 राजा 4:16

एलीशाले आइमाईलाई भने, “अर्को बसन्तमा यस समय तिमीले आफ्नो छोरालाई अंङ्गालेको हुने छौ।”आइमाईले भनी, “होइन महाशय! परमेश्वरका जन, मसित ढाँट्ने काम नगर्नुहोस्।”

भजनसंग्रह 12:2

मानिसहरूले आफ्ना छिमेकीहरूलाई असत्य कुराहरू भन्छन्। प्रत्येक मानिसले आफ्ना छिमेकीहरूलाई झूट बोलेर चिप्लो घस्छन्।

भजनसंग्रह 12:3

परमप्रभुले ती झूट बोल्ने ओंठहरू काटी दिनु हुन्छ। परमप्रभुले ती ठूल-ठूला कुराहरूको घमण्ड गर्नेहरूको जिब्रो काटिदिनु हुन्छ।

भजनसंग्रह 31:22

म भयभीत थिएँ अनि मैले भने, “म यस्तो ठाउँमा छु जहाँ परमेश्वरले मलाई देख्न सक्नु हुन्न। तर मैले तपाईंलाई प्रार्थना गरें, परमेश्वर अनि तपाईंले मेरो प्रार्थना सहायताका लागि सुन्नु भयो।”

भजनसंग्रह 62:9

मानिसहरूले वास्तवमा सहयोग गर्न सक्तैनन्। तिमीले आफ्नो बचाऊको निम्ति मानिसहरूमाथि भरोसा राख्न सक्तैनौ। परमेश्वरको तुलनामा तिनीहरू केही पनि होइनन् फगत तिनीहरू पानीको वाफ हुन्।

यर्मिया 9:4

“आफ्ना छिमेकीहरूलाई नियाल। कुनै सम्बन्धीलाई विश्वास नगर। किन? किनभने हरेक सम्बन्धी कपटी छ। हरेक छिमेकीले तिम्रो पछाडी निन्दा गर्दछ।

रोमी 3:4

अहँ! परमेश्वर सत्य भएरै रहनु हुन्छ, सबै मानिसहरू झूटो भए पनि। धर्माशास्त्रमा लेखिएको छः“तिमीहरू आफ्ना वचनमा सच्चा प्रमाणित हुनेछौ जब बोल्दछौ अनि तिमीहरूले जित्नेछौ जब तिनीहरूको न्याय हुनेछ।”

Interlinear

Choose Theme