परमप्रभुले तिमीहरूलाई सोझै शहर तिर डोराएर लैजानु भयो जहाँ तिमीहरू बस्न पाउँथे।
Cross references
दुई दिन, एक महिना अथवा पुरै एक वर्ष बादल पवित्र स्थानको पाल माथि अडिरहे इस्राएलको मानिसहरूको शिविर पनि त्यहीं रहन्थ्यो र कतै सर्दैनथ्यो। तर जब त्यो बादल सर्थ्यो इस्राएलका मानिसहरू पनि यात्रा शुरू गर्थे।
त्यहाँ अहवा नदीको छेउमा, हामीहरू अनि हाम्रा केटा-केटीहरू र हाम्रा सबै सम्पत्तिहरूको निरापद यात्राको निम्ति उहाँसित विन्ती गर्नलाई हामी परमेश्वरको समक्ष स्वयंलाई विनम्र तुल्याउन सकौ भनी उपवासको घोषणा गर्यौं।
यिनीहरू ग्रामीण अगुवाहरू हुन् जो यरूशलेममा बस्थे। तर यहूदाको शहरहरूमा, सबैजना तिनीहरूको शहरहरूमा आफ्ना सम्पत्तिमा बस्थे इस्राएलका केही मानिसहरू, इस्राएल पूजाहारीहरू, लेवीहरू, मन्दिरका सेवकहरू अनि सुलेमानका सेवकहरूका सन्तानहरू।
तपाईंले आफ्ना भक्तजनहरूलाई भेडा सहर डोर्याउन मोशा र हारूनलाई खटाउनु भयो।
त्यसपछि परमेश्वरले इस्राएललाई भेडावालाले झैं डोर्याउनु भयो। उहाँले तिनीहरूलाई मरूभूमिमा भडा झैं डोर्याउनु भयो।
तिनीहरूमा कतिपय सुख्खा मरूभूमिमा छोडिए। तिनीहरूले बस्ने ठाउँ खोजिरहेका थिए। तर तिनीहरूले कुनै शहर भेटाएनन्।
परमेश्वरले भोकाएका मानिसहरूलाई राम्रो ठाउँमा लानुभयो। अनि तिनीहरूले आफ्नो निम्ति शहर बसाए।
परमेश्वरले आफ्नो मानिसहरूलाई मरूभूमि भएर डोर्याउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
तब यदि तिमीहरूले गल्ती काम गर्छौ भने वा गल्तीबाटो नै गयौ भने, तिमीहरूले एक आवाज सुन्नेछौ तिमीहरूको आफ्ना आवाज पछाडी, “यो तिमीहरूको दाहिने बाटो हो। तिमीहरू यही बाटो जानुपर्छ।”
मेरा मानिसहरू एकदमै सुरक्षित अनि शान्तिपूर्ण ठाउँमा बस्नेछन्।
त्यसबेला, त्यहाँ एउटा मुलबाटो बनिनेछ र त्यसलाई “पवित्र मार्ग” भनिनेछ। दुष्ट मानिसहरूलाई त्यहाँ हिंड्ने अनुमति दिइने छैन्। कुनै मूर्ख त्यस बाटोबाट हिंड्न पाउने छैन्। खाली असल मानिसहरू त्यस मार्ग भएर हिँड्ने छन्।
परमप्रभु, तिम्रो उद्धारक र इस्राएलका परमपवित्र भन्नुहुन्छ, “म तिम्रो परमप्रभु तिम्रो परमेश्वर हुँ। म तिमीहरूलाई ती कुराहरू सिकाउँछु जुन लाभदायक छ। म तिमीहरूलाई ती बाटोहरू लानेछु जहाँ तिमीहरू जानुपर्छ।
परमप्रभु भन्नुहुन्छ, “त्यहाँ एक त्यस्तो विशेष समय आउनेछ जब म आफ्नो दया देखाउनेछु। त्यस समय म तिम्रो प्रार्थनाको उत्तर दिनेछु। त्यहाँ एक विशेष समय आउनेछ जब म तिमीलाई बचाउँछु, त्यस समय म तिमीलाई सहायता गर्नेछु म तिमीलाई रक्षा गर्ने छु अनि मानिसहरू र म बीच भएको करार पत्रको तिमी साक्षी हुनेछौ। देश अहिले ध्वंश भयो तर तिमीले त्यो भूमि फिर्ता दिनेछौ ती मानिसहरूलाई जो त्यसको मालिक थियो।
परमप्रभुले गहिरो समुद्रहरूबाट मानिसहरूलाई डोर्याउनु भयो। मानिसहरू नडुबीकन पानीमाथि हिंडे जसरी एउटा घोडा जङ्गलमा हिँडीरहेछ।
परमेश्वरले ती कुराहरू भन्नुभयो, “दोबाटोमा उभ अनि हेर। सोध पूरानो बाटो कहाँ छ। सोध कहाँ असल बाटो छ, अनि त्यो बाटोमा हिंड्। यदि तिमीले त्यसो गर्यौ, तिमी स्वयंले विश्राम पाउनेछौ। तर तिमीहरूले भन्यौ, ‘हामी असल बाटोमा हिडने छैनौ।’
तिनीहरू रूँदै आउनेछन्। तर म तिनीहरूलाई सान्त्वना दिनेछु र पानीको झरनातिर डोर्याई लानेछु। म तिनीहरूलाई सोझो बाटो डोर्याउनेछु ताकि तिनीहरू लड्ने छैनन्। म तिनीहरूलाई यस्तो पथ डोर्याउने छु किनभने इस्राएलको निम्ति म पिता हुँ, अनि एप्रैम मेरो जेठो छोरो हो।
मानिसहरू यहूदामा र यसका शहरहरूमा एक साथ बस्नेछन्, खेतीवाल अनि जो आफ्नो भेडाका बथानहरूसित वरिपरि घुमिहिडछन्।
यो सन्देश परमप्रभुबाट आएको हो, “ती दिनहरू आईरहेछन् जब यरूशलेमको शहर परमप्रभुको लागि पुनःर्निर्माण गरिनेछ। हनानेलको धरहरादेखि कुनाको प्रवेशद्वारसम्म नै सम्पूर्ण शहर पुनःर्निर्माण गरिनेछ।
“यसकारण परमप्रभु भन्नुहुन्छ ‘तिमीहरू भनिरहेकाछौ, ‘हाम्रो देश मानिस र पशुहरू बिनाको उजाड ठाउँ हो।’ अहिले यरूशलेमका गल्लीहरू र यहूदाका शहरहरू मानिसहरू र पशुहरू बिना ध्वंस भएको छ।
परमेश्वरले उनलाई दिन्छु भनी वचन दिएको देशमा गएर उनी बसे। अब्राहाम त्यस देशमा एउटा परदेशी जस्तो भएर बसे किनकि उनी त्यहाँका थिएनन्। उनले यसै गरे किनभने उनको विश्वास थियो। उनी त्यस देशमा गए अनि इसहाक र याकूबसित पालमा बसे। इसहाक र याकूबले पनि परमेश्वरबाट यस्तै वचन पाएका थिए।
तर तिनीहरू एउटा उत्तम देश, एउटा स्वर्गीय देशको प्रतीक्षामा थिए। यसर्थ परमेश्वरले तिनीहरूका परमेश्वर ठहरिनुमा लज्जित हुनुहुन्न, किनभने परमेश्वरले तिनीहरूका निम्ति एउटा नगर बसाइदिनुभएको थियो।
तर तिमीहरू त्यस्ता ठाउँमा आएका छैनौ। तिमीहरू सियोन पाहाडमा आइपुगेका छौ। तिमीहरू जीवित परमेश्वरको शहर, स्वर्गीय यरूशलेममा आइपुगेकाछौ। तिमीहरू हजारौँ स्वर्गदूतहरूको सामूहिक आनन्दमा आडपुगेकाछौ।
यी झूटा शिक्षकहरुले उचित मार्ग छोडेका छन् अनि तिनिहरुको जीवनलाई अनुचित मार्गमा लगेकाछन्। तिनीहरुले त्याही मार्ग अनुसरण गरे जुन मार्गमा बालाम हिँडेका थिए। बालाम बोअरका छोरा थिए। नराम्रो काम गरेको ज्याला उसले उत्साहले स्वीकार गरे।
हो, तिनीहरुलाई दिइएको पवित्र शिक्षाबाट सही मार्ग चिन्नु अनि त्यसबाट र्फकनु भन्दा सही मार्ग तिनीहरुले कहिल्यै नचिनेको असल हुनथ्यो।
अनि मैले पवित्र नगरलाई स्वर्ग अनि परमेश्वर तलतिर झरिरहेको देखेँ। यो पवित्र नगर नयाँ यरुशलेम हो। यसलाई आफ्नो पतिको निम्ति सिंगारिएकी दुलही जस्तै बनाइएको थियो।
ती स्वर्गदूतले मलाई आत्मामा बोकेर अत्यन्त विशाल अनि उच्च पर्वतमा लगे अनि पवित्र नगर, यरुशलेम देखाए। त्यो नगर परमेश्वरको स्वर्गबाट-तलतिर भरिरहेथ्यो।