Home Bibles व्यवस्था 21:19 · नेपाली बाइबल
व्यवस्था 21:19 · नेपाली बाइबल

तब माता-पिताले उसलाई शहरको सभा घरमा बूढा-प्रधानहरूको अघि लैजानु पर्छ।

Cross references

व्यवस्था 16:18

“परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु भएको प्रत्येक शहरमा न्यायकर्त्ता तथा अधिकारीहरू हुने मानिसहरूलाई रोज। प्रत्येक कुल समूहले यस्तो गर्नुपर्छ। यी मानिसहरू निष्पक्ष न्याय गर्ने योग्य हुनुपर्छ।

व्यवस्था 21:2

तब तिमीहरूका बूढा-प्रधान तथा न्यायाकर्त्ताहरू अघि आएर हत्या भएको जग्गा शहर देखि कति टाढामा छ त्यो पत्तो लगाउनु पर्छ।

व्यवस्था 25:7

यदि मानिसले आफ्नो दाज्यू-भाइकी पत्नीलाई राख्न चाहँदैन भने दाज्यूकी पत्नीले शहरको सभा घरमा अगुवाहरू अघि जानु पर्छ। अनि तिनेले बूढा-प्रधानलाई भन्नु पर्छ, ‘मेरो मृत पति दाज्यू-भाइले आफ्नो दाज्यू-भाइको नाउँ इस्राएलमा जीवित राख्न चाँहदैनन्। मेरो मृत लोग्नेको दाज्यू-भाई भएको नातले ऊ आफ्नो कर्त्तव्य मसँग पूरा गर्न चाँहदैन।’

जकरिया 13:3

यदि कुनै मानिसले अगमवाणी गरे त्यसले दण्ड पाउँनेछ। यहाँ सम्म कि त्यसको आफ्नो आमा-बाबुले पनि भन्नेछन्, ‘तैंले परमप्रभुको नाउँमा झूटो बोलिस्। यसकारण तँ मर्नु पर्छ।’ त्यसको आमा-बाबुले अगमवाणी गरेकोमा त्यसलाई छुराले रोपिदिनेछन्।

Interlinear

Choose Theme