गरीबलाई सधैं दान दिन्छिन् अनि दीन-हीन मानिसहरूको खाँचो पूरा र्गछिन्।
Cross references
त्यो भूमिमा सधैं गरीब मानिसहरू रहनेछन् यसकारण तिम्रा भाइलाई सहायता गर्नु सब समय तयार बस भनी म आज्ञा गर्छु। तिमीहरूको भूमिमा सहायताको अपेक्षामा बस्ने गरीब मानिसलाई सहायता देऊ।
गरीबहरूलाई तिनीहरूको चाहिएका कुरा दिनलाई मैले इन्कार गरेको छैन, विधवाहरूलाई सहायता बिना राखेको छैन।
एकजना मानिस जसले गरीब मानिसहरूलाई सफल हुनमा सघाउँछ, त्यसैले धेरै आशिर्वादहरू पाउनेछ। जब सकंट आँउछ परमप्रभुले त्यस मानिसलाई बचाउनु हुन्छ।
परमप्रभुले त्यस मानिसलाई रक्षा गर्नुहुनेछ र उसको जीवन बचाउनु हुनेछ। त्यो मानिस पृथ्वीमा धन्य हुनेछ। परमेश्वरले त्यस मानिसका शत्रुहरूद्वारा ध्वंश हुन दिनु हुनेछैन।
त्यस्तो मानिस जसले आफ्नो इच्छा अनुसार गरीब मानिसहरूलाई चीजबीजहरू दिंदछ। अनि उसको उपकार सर्वदा रही रहने छ।
मैले बोलाएँ तर तिमीहरूले मलाई सुनेनौ, मैले तिमीहरूको लागि आफ्नो हात अघि बढाँए तर तिमीहरूले म तिर ध्यानै दिएनौ
गरीब माथि दया गर्नु परमप्रभुलाई सापट दिनु हो। अनि परमप्रभुले उसलाई र्फिता तिर्नु हुनेछ।
एकजना उदार योग्य मानिसले आशिषू पाउँछ। उसले आशिषू पाउँछ किनभने उसले आफ्नो भोजन गरीबलाई दिन्छ।
विभिन्न धन्दाहरूका कुराहरूमा पैसा लगाओ बिस्तारै त्यसले फाइदाल्याउँछ।
गरीब मानिसहरू सँधैं तिमीहरूसंग हुनेछन्। तिनीहरूले जतिबेला चाहन्छौ त्यत्तिबेला तिनीहरूलाई मदत गर्नसक्छौ। तर म सधैं तिमीहरूसंग हुने छैन।
पत्रुस तयार भए अनि तिनीहरूसंग लागे। जब तिनी आइपुगे तिनीहरूले तिनलाई माथिल्लो कोठामा लगे। सबै विधवाहरू पत्रुसका वरिपरि रूँदै उभिए। तिनीहरू रोई-कराई विलाप गरिरहेका थिए। तबिता जीउँदो हुँदा बनाएकी कोटहरू साथै अन्य पोषाकहरू तिनीहरूले देखाए।
तिमीहरू जान्दछौ मैले आफ्नो र जो मसंग थिए तिमीहरूको खाँचो पूर्ति आफैं गरें।
परमेश्वरले यी कुराहरू यशैया द्वारा गैर-यहूदीहरूलाई भन्नुभयो। तर यहूदीहरूका बारेमा परमेश्वर भन्नुहुन्छ, “सारा दिन मैले ती मानिसहरूलाई पर्खें, तर तिनीहरूले मेरो आज्ञा मानेनन् अनि मलाई पछ्याएनन् पनि।”