यसकारण परमेश्वरको वचनमा परिवर्तन नगर नत्र उहाँले दण्ड दिनु हुन्छ साथै तिमी झूट प्रमाणित हुनेछौ।
Cross references
मैले दिएको आज्ञामा तिमीहरूले थप्न सक्दैनौ। अनि तिमीहरूले केही पनि लिन हुँदैन। मैले तिमीहरूलाई दिएको परमप्रभु तिमीहरूको परमेश्वरको आज्ञा पालन गर्नुपर्छ।
“मैले दिएका आज्ञाहरू होशियारीसँग पालन गर्नु पर्छ। मैले भनेका कुराहरूमा कुनै कुरा थप्ने अथवा घटाउने काम नगर।
“कुनै एकजना अगमवक्ता अथवा सपना व्याख्या गर्ने मानिस तिमीहरूकहाँ आउन सक्छ। उसले तिमीहरूलाई भन्न सक्छ उसले संकेत अथवा आश्चर्यजनक काम देखाउन सक्छ।
के तिमीहरू परमेश्वरसित झूटो बोल्छौ? के तिमीहरू विश्वास गर्छौ कि तिमीहरूका झुटा कुराहरू परमेश्वरले चाहनु भएका कुराहरू हुन्छ?
अनि ख्रीष्टलाई परमेश्वरले बौराई उठाउनु भएको थियो भन्ने प्रचारको लागि परमेश्वर समक्ष हामी दोषी बनिनेछौ। किनभने यदि मृत्युबाट पुनरुत्थान थिएन भने तब परमेश्वरले येशूलाई कदापि बौराउनु भएन।
म हरेक मानिसलाई चेतावती दिन्छु जसले यो पुस्तकमा भएका अगमवाणीका वचनहरु सुन्छ यदि कुनै मानिसले यी वचनहरुमा कुनै पनि कुरा थप्छ, तब परमेश्वरले त्यस मानिसलाई यस पुस्तकमा लेखिएको कष्टहरु दिनु हुनेछ।