Home Bibles यूहन्ना 12:3 · नेपाली बाइबल
यूहन्ना 12:3 · नेपाली बाइबल

मरियमले शुद्ध जटामसीबाट बनिएको सुगन्धित मलहम ल्याई। मरियमले त्यो मलहम येशूको खुट्टामा खन्याई दिई। त्यसपछि उहाँको खुट्टा आफ्नो केशले पुछिदिई। अनि त्यो सुगन्ध सम्पूर्ण घरभरि फैलियो।

Cross references

भजनसंग्रह 132:2

दाऊदले परमप्रभुसँग एक प्रतिज्ञा गरेका थिए। दाऊदले याकूबका सर्वशक्तिमान् परमप्रभुसँग शपथ लिएका थिए।

हितोपदेश 27:16

उसलाई रोक्न कोशीष गर्नु हावा चल्नुबाट रोक्न प्रयास गर्नु जस्तै अथवा हातहरूले तेल समात्न प्रयास गर्नु जस्तै व्यर्थ हो।

श्रेष्ठगीत 1:3

तपाईंको नाउँ मुल्यवान अत्तर भन्दा सुगन्धित छ, तपाईंको गन्ध अन्य सबै अत्तरहरू भन्दा उत्तम छ। यसकारण तरूणी केटीहरूले तपाईंलाई माया गर्छन्।

श्रेष्ठगीत 1:12

जब राजा आफ्नो कोठामा थिए, मेरो अत्तरको सुगन्ध फैलियो।

श्रेष्ठगीत 4:10

हे मेरी साथी, हे मेरी दुलही। तिम्रो माया कति सुन्दर छ। तिमीले गाँसेको माया दाखरस भन्दा धेरै राम्रो छ, तिम्रो अत्तरको सुगन्ध अन्य कुनै पनि सुगन्ध भन्दा असल छ।

श्रेष्ठगीत 4:13

तिम्रो शरीर दारीम जस्तै छ अनि अरू लोभ्याउने फलहरू, फूलहरू र मसलाहरूको बासनाले भरिएको बगैंचा झौं जटामसी केश दालचिनी,

मत्ती 26:6

येशू बेथानीमा हुनुहुन्थ्यो। उहाँ कुष्टरोगी शिमोनको घरमा हुनुहुन्थ्यो।

मर्कूस 14:3

येशू बेथानियामा हुनुहुन्थ्यो। सिमोन कुष्ठरोगीको घरमा एउटा मेचमा उहाँ खाना खाँदै हुनुहुनथ्यो त्यसैबेला एउटी स्त्री उहाँकहाँ आई। त्यस स्त्रीले एउटा अति मूल्यावान सिंगमरमरको भुँडुल्को भरि अत्तरको सुग्न्ध भरेर ल्याएकी थिईन्। त्यो सुगन्ध शुद्ध जटामसीद्वारा तयार गरिएको थियो। त्यस पछि त्यस स्त्रीले जारको बिर्को खोली अनि येशूको शिरमा सुगन्ध खन्याइदिई।

लूका 7:37

त्यो शहरमा एउटी पापी स्त्री थिई। त्यसले येशूलाई फरिसीको घरमा खाना खाएको थाहा पाई। त्यसले एउटा सिंगमरमरको भाडामा केही सुगन्धितबस्तु लिएर आई।

लूका 7:46

तिमीले मेरो टाउकोमा तेल घसिदिएनौ, तर उसले मेरो चरणमा सुगन्ध दलिदिई।

लूका 10:38

जब येशू र उहाँका चेलाहरू जाँदै थिए, येशू एउटा शहर भित्र पस्नुभयो। मार्था नाउँ गरेकी एउटी स्त्रीले उहाँलाई आफ्नो घरमा सत्कार गरिन्।

यूहन्ना 11:2

मरियम त्यही नारी थिईन् जसले प्रभुलाई अत्तर लगाई दिएकी थी र आफ्ना कपालले उहाँको खुट्टा पुछेकी थिई। लाजरस मरियमको भाइ हुन्। जो हालमा बिमार थिए।

यूहन्ना 11:28

मार्थाले त्यसो भनी सके पछि उनी आफ्नो बहिनीकहाँ गईन् अनि गुप्तरूपमा मार्थाले मरियमलाई भनी, “गुरुज्यु यहाँ हुनहुन्छ। उहाँले तिमीलाई सोधी रहुनभएकोछ।”

यूहन्ना 11:32

मरियम त्यस ठाउँमा गइन् जहाँ येशू हुनुहुथ्यो। जब उनले येशूलाई देखिन् उनले झुकेर चरणमा ढोगिन्। मरियमले भनिन्, “हे प्रभु, यदि तपाईं त्यहाँ हुनु भएको भए, मेरा भाइ मर्ने थिएन।”

Interlinear

Choose Theme