Home Bibles हितोपदेश 25:16 · नेपाली बाइबल
हितोपदेश 25:16 · नेपाली बाइबल

मह खानु स्वस्थको लागि असल हो तर यही धेरै खाए मानिस विमारी हुन्छ।

Cross references

न्यायकर्ता 14:8

धेरै दिनपछि त्यस पलिश्ती केटीसित बिवाह गर्न शिमशोन फर्केर आए। उनी बाटोमा त्यो मरेको सिंहलाई हेर्न गए। उसले मरेको सिंहको शरीरमा मौरीका गोला भेट्टाए। तिनीहरूले केही मह बनाएका थिए।

1 शमूएल 14:25

युद्धको कारणले मानिसहरू जंगलमा गए। तिनीहरूले भुईमा महको चाको देखे।

हितोपदेश 23:8

तिमीले अलिकति खाएको पनि उकेलि दिने छौ अनि तिमीले उसलाई गरेका प्रशंसाहरू व्यर्थ भएर जान्छन्।-9-

हितोपदेश 24:13

हे मेरो छोरो, मह उपभोग गर, यो असल हो, यो मुखमा अति नै गुलियो हुन्छ।

हितोपदेश 25:27

मह पनि धेरै खाए तितो हुन्छ, त्यसरी नै धेरै मान नखोज।

यशैया 7:15

इम्मानुएलले नौनी र मह खानेछ, राम्रो कुराहरू छान्न र नराम्रो अस्वीकार गर्न ऊ बाँच्नेछ।

यशैया 7:22

त्यहाँ त्यतिमात्र दूध हुन्छ कि त्यस मानिसलाई घिऊ खानलाई मात्र हुनेछ। प्रत्येक मानिसले त्यो देशमा दही र मह खाने छ।

लूका 21:34

“होशियार बस! आफ्नो समय महाभोजहरूमा मात्र नबिताऊ। अथवा, संसारिक कुराहरूमा मात्र समय नफाल। किनभने त्यो दिन तिमीमा धरापमा परे झैं झट्टै आई लाग्नेछ।

एफिसी 5:18

दाखरस खाएर नमात। त्यसले तिम्रो आत्मिकताको नाश गर्नेछ। आत्माले भरीपूर्ण होऊ।

Interlinear

Choose Theme