अनि ज्ञानद्वारा यसको भण्डारकोठाहरू विरल बहुमूल्य अनि असल चीजहरूले भरिन्छन्।-21-
Cross references
सुलेमानलाई प्रत्येक दिन चाहिने खाध्य सामग्री यो थियो ऊ आफ्नै निम्ति अनि उनीसँगै मेजमा भोजन गर्ने सबै मानिसहरूका निम्तिः30
यो ती मानिसहरूको सूची हो जसले राजाका सम्पत्तिको जिम्मा लिएका थिएःअज्मावेत, अदीएलका छोरा राजा भण्डार कक्षको जिम्मामा थिए। जोनाथन, उज्जियाहका छोरा सा-साना शहर, गाउँ, खेत अनि बुर्जाहरूका भण्डार कक्षका जिम्मामा थिए।
मैले परमेश्वरको मन्दिर निर्माणका निम्ति योजना बनाउन मैले मेरो पूर्ण शक्ति लगाएको छु। सुनका वस्तुहरू बनाउनुका निम्ति मैले सुन दिएको छु। चाँदीका चीज-बीजहरू बनाउनुका निम्ति मैले चाँदी दिएको छु। काँसाका सामग्रीहरू बनाउनुका निम्ति मैले काँसा दिएको छु। फलामका वस्तुहरू बनाउनुका निम्ति मैले फलाम दिएको छु। काठका सामग्रीहरू बनाउनुका निम्ति मैले काठ दिएको छु। मैले जोडने स्थानका निम्ति गोमेदक रत्न, अलंकृत ईटे, सबै प्रकारका भिन्न-भिन्न रङ्गका बहुमूल्य रत्नहरू र सेतो संग मर्मरहरू पनि दिएको छु। मैले परमप्रभुको मन्दिरको निम्ति यस्ता धेरै-धेरै चीज-बीजहरू दिएको छु।
सुलेमानले यति विघ्नयी चीज बीजहरू बनाए कि कसैलेपनि यसका निम्ति प्रयोग गरिएको काँसाको तौल लिने चेष्टा गरेनन्।
उज्जियाहले ती कुराहरू गरे जो परमप्रभुले तिनी द्वारा गराउन चाहनु हुन्थ्यो। तिनले परमेश्वरको आज्ञा त्यसरी नै पालन गरे जसरी तिनका पिता अमस्याहले गरेका थिए।
किनभने इस्राएलका मानिसहरू अनि लेवीहरूले अन्नको भेटी ल्याउनु पर्छ नयाँ दाखरस भेटी अनि तेलको भेटी भण्डार कक्षमा ल्याउनु पर्छ। जहाँ पवित्र भाँडा वर्त्तनहरू छन्, जहाँ कार्यमा रहेका पूजाहारीहरू, द्वार, रक्षकहरू अनि गवैयाहरू छन्। “हामीले हाम्रो परमेश्वरको मन्दिरलाई तुच्छ सम्झनु हुँदैन।”
अनि तिनीले तोबियहाको निम्ति एक विशाल कोठाको व्यवस्था गरिदिएका थिए। पहिले तिनीहरूले त्यहाँ अन्नबलि, धूप, मन्दिरका भाँडा-वर्त्तनहरू अनि अन्नका दशांश, नयाँ दाखरस अनि तेल जम्मा गर्न प्रयोग गरेका थिए। त्यो दिन तिनीहरूलाई लेवी, गवैया, द्वारपाल अनि पूजाहारीहरूले आदेश दिएका थिए।
कर्मीहरूले चट्टानहरू काटेर सुरूङ्ग बनाएका छन्। तिनीहरूले चट्टानमा बहुमूल्य खनिज पदार्थ देखेका छन्।
धन दौलत र आदर मसित रहन्छ, म अनन्त धन अनि साँचो सफलता प्रदान गर्छु।
मलाई मन पराउनेहरूलाई सम्पत्ति दिन्छु, हो, म तिनीहरूको घर नै सम्पत्तिले भरिदिन्छु।
धर्मी मानिसको घरमा प्रशस्त धन हुन्छ, तर दुष्ट मानिसको कमाइले कष्ट मात्र निम्तियाँछ।
सुन अनि धेरै लालमणिहरू छन्, तर ज्ञानीको भाषण, निखुर गहना हो।
बुद्धिमान मानिसले आफूलाई चाहिने चीजहरू संचय गरेर राख्छ भने, मूर्खले यो सबैलाई खाने र खर्च गर्नेछ।
तिमी निश्चित हौ की तिम्रो भेडाहरूको अवस्था तिमी जान्दछौ अनि तिम्रो बथानहरूलाई राम्रो ध्यान देऊ।
तब उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “प्रत्येक शास्त्री जसले स्वर्गको राज्यको विषयमा सिकेको एउटा घरको मालिक जस्तै हुन्। उसले आफ्नो घरमा पुराना र नयाँ चीजहरू जोगाई राखेको हुन्छ। अनि उसले ती पुराना र नयाँ चीजहरू बाहिर झिक्दछ।”