तर अन्तमा यसले सर्पले झैं डस्छ गोप्य विष भएको विषालु सर्पले झैं डस्छ गोप्य विष भएको विषालु सर्पले झैं डस्छ।
Cross references
तब मिश्रीहरूले जान्नेछन म परमप्रभु हुँ, म तिनीहरूको विरोधमा हुनेछु अनि तिनीहरूले जान्ने छन्। तब म आफ्नो मानिसहरूलाई तिनीहरूको देशबाट निकाल्ने छु।”
तिनीहरूले पनि आफ्नो-आफ्नो लहुरो भुईंमा फ्याँके अनि ती फ्याँकेका लहुरोहरू सर्पमा परिणत भए। तर हारूनको लहुरोले सबै लहुराहरु निली दियो।
दुष्ट मानिसहरूको पेय पदार्थ साँपबाट निकालिएको विष झैं हो। तर साँपको जिब्रोले उसलाई मार्नेछ।
जब तिम्रो धन सम्पत्ति शरीर तथा आयु सब शेष हुन्छ त्यतिबेला चिन्ता गरेर रोई बस्नु पर्ला।
आफूले खनेको खाडलमा आफै पर्न सक्छन। पर्खाल भत्काउनेलाई साँपले डस्न पनि सक्छ।
एप्रैमका मातेका मानिसहरू आफ्नो “सुन्दर मुकुट” को गर्व गर्नेछन्। तर शहर कुल्चिमिल्चि पारिनेछ।
अहिले ती अगुवाहरू मातेकाछन्। पूजाहारीहरू र सबै अगमवक्ताहरू सम्पूर्ण रूपले दाखमद्यमा डुबेकाछन् अनि तिनीहरू भ्रमित भएर धर्मराउँछन्।
तिनीहरूले अनिष्ट कर्म जन्माउछन जसरी विषालु सर्पहरूले आफ्ना अण्डाबाट विषालु बच्चा निकाल्छन्। यदि तिमीहरूले तिनीहरू मध्ये एउटा अण्डा पनि खायौ भने मर्नेछौ। अनि यदि तिमीहरूले एउटा पनि अण्डा फुटायौ भने त्यहाँबाट विषालु साँप बाहिर निस्कनेछ।झूटा मानिसहरूले भनेका कुराहरू माकुराको जाल जस्तै हुन्छ।
अगमवक्ताहरूले झूटो अगमवाणी दिन्छन्। पूजाहारीहरूले आफू खुशी शासन गर्छन अनि मेरा मानिसहरूले त्यसलाई त्यसरी नै मन पराउँछन्। जब अन्त आउँछ तिमीहरूले के गर्नेछौ?”
हेर, म तिमीलाई आक्रमण गराउन विषालु साँपहरू पठाउँदैछु। ती साँपहरूलाई नियन्त्रणमा राख्नु सकिदैन। तिनीहरूले तिमीलाई डस्नेछन्।” यो सन्देश परमप्रभुको हो।
तिमीहरु भालुको सन्मुख नहुनलाई भाग्दा कुनै सिंहको अघि पुगेको मानिसजस्तो हुनेछौ, अथवा तिमीहरु एकजना मानिस जान्छ र आराम गर्नु भित्तामाअडेसलागेको बेला साँपले डसेको मानिसझैं हुनेछौ।
यद्यपि तिनीहरु कमेल पर्वतको टाकुरामा लुके पनि म तिनीहरुलाई भेट्नेछु। म तिनीहरुलाई मेरो छेउमा ल्याउनेछु। यदी तिनीहरु समुद्रको फेदमा लुके तापनि मसर्पलाई आज्ञा गर्नेछु र त्यसले तिनीहरुलाई डस्नेछ।
तर अब्राहमले भने, हे मेरो छोरो, सम्झ, तिमी कसरी बाँचिरहेका थियौ? तिम्रो जिवनमा दामीदामी धेरै चीजहरू थिए। लाजरसकोमा सबै नराम्रो चीजहरू मात्र थिए। अहिले त्यो यहाँ सुखमा छ, अनि तिमी चाँही कष्ट पाइरहेछौ।
तिमीहरू दुष्ट कर्महरू गर्दै बाँच्यौ। ती कुराहरूका लागि अहिले तिमीहरू लज्जित छौ। के ती कुराहरूले तिमीहरूलाई साथ दियो? अहँ! ती कुराहरूले आत्मिक मृत्यु ल्याँउछ।