अब म तिमीलाई ती कुराहरू नै सिकाउनेछु र म चाहन्छु, कि तिमीले परमप्रभु माथि भरोसा गर।
Cross references
हे मानिसहरू! परमेश्वरमाथि सधैं भरोसा राख! तिमीहरूको सम्पूर्ण संकटहरू परमेश्वरलाई बताऊ। परमेश्वर हाम्रा शरणस्थान हुनुहुन्छ।
तिम्रो सम्पूर्ण हृदयले परमप्रभुमा भरोसा गर। तिम्रो आफ्नै बुद्धिमा मात्र भर नपर।
परमेश्वरले मलाई बचाउनु हुन्छ। म उहाँमाथि भरोसा गर्दछु। म डराउने छैन्। परमप्रभु परमेश्वर मेरो बल हुनुहुन्छ। उहाँले मलाई बचाउनु हुन्छ। अनि म उहाँको महिमाको गुणगान गर्नेछु।
यसकारण, सर्धै परमप्रभुमा भरोसा राख। किन? परमप्रभु परमेश्वरमा नै, सदा-सर्वदा तिमीहरूको सुरक्षा छ!
त्यो मानिस धन्य हो जसले परमप्रभुमाथि भरोसा गर्छ, जसले उहाँमाथि विश्वास राख्छ।
ख्रीष्टद्वारा तिमीहरु परमेश्वरमाथि विश्वास गर्छौ। परमेश्वरले ख्रीष्टलाई मृत्युबाट बौरी उठाए। तब परमेश्वरले उहाँलाई महिमा दिनु भयो। यसर्थ तिमीहरुको विश्वास अनि आशा परमेश्वरमा छ।