Home Bibles हितोपदेश 15:26 · नेपाली बाइबल
हितोपदेश 15:26 · नेपाली बाइबल

दुष्ट मानिसहरूको विचारलाई परमप्रभु घृणा गर्नु हुन्छ तर उहाँले शुद्ध मानिसहरूको विचार सँग खुशी हुनु हुन्छ।

Cross references

भजनसंग्रह 19:14

आशा गर्छु, मेरा वचनहरू र विचारहरूले तपाईंको चित्त बुझ्यो होला। परमप्रभु, तपाईं मेरो चट्टान हुनुहुन्छ, तपाईंले मात्र मलाई बचाउनु हुन्छ।

भजनसंग्रह 37:30

धर्मी मानिसले उत्तम सल्लाह दिंदछ। उसको निर्णय प्रत्येक मानिसको निम्ति निष्पक्ष हुन्छ।

भजनसंग्रह 45:1

जब म यी कुराहरू राजाको निम्ति लेख्छु सुन्दर शब्दहरूले मेरो मस्टिष्कमा भरिन्छन्। शब्दहरू मेरो जिब्रोबाट आउँछन् मानौ ती शब्दहरू सिपालु लेखकका कलमबाट आइरहेकाछन्।

हितोपदेश 6:16

परमेश्वरले छ वटा कुराहरूलाई घृणा गर्नुहुन्छ, सात वटा जो घृणित छन्।

हितोपदेश 6:18

त्यो मानिस जसले अदालतमा झूटो बोल्छ। त्यो मानिस जो दाज्यू भाइहरूको बीचमा झगडा लगाउँछ।

हितोपदेश 11:20

कुटिल हृदय भएका मानिसहरूलाई परमप्रभुले घृणा गर्नुहुन्छ तर ईमान्दार जीवन जीउने मानिसहरू सित उहाँ खुशी हुनुहुन्छ।

हितोपदेश 15:23

सही जवाफ दिन सके मानिस खुशी हुन्छ, र ठीक समयमा सही जवाफ अत्यन्तै राम्रो हो।

हितोपदेश 24:9

मूर्ख मानिसले गर्न चाहेका कुरा पापपूर्ण मात्र हुन्छन्। मानिसहरूले यस्तालाई घृणा गर्छन् जसले अन्य मानिसहरू भन्दा आफूलाई माथिल्लो तहको सम्झन्छ।-24-

यर्मिया 4:14

हे यरूशलेमका मानिसहरू! आफ्नो हृदयबाट पापहरू धोई पखाल ताकि तिमीहरू बाच्नेछौ कहिल्ये सम्म आफ्नो दुष्ट्रयाँइसित अड्किरहनेछौ।

मत्ती 12:34

ए साँपहरू, तिमीहरू दुष्ट मतिका छौ। तिमीहरूबाट कसरी असल कुराहरू आउनसक्छ। हृदयमा जे कुरा थुपरीएको छ त्यही कुराहरू नै मुखले बोल्दछ।

मत्ती 15:19

किनभने हृदयबाट यस्ता नराम्रा कुराहरू आउँछन् दुष्ट विचार, हत्या, व्यभिचार, यौन अनैतिकता, चोरी, कसम खाएर ढाँटनु, निन्दा जस्ता कुराहरू निस्कन्छन्।

Interlinear

Choose Theme