Home Bibles ☰ Books हितोपदेश 14:1 · नेपाली बाइबल
हितोपदेश 14:1 · नेपाली बाइबल

बुद्धिमान स्त्रीले आफ्नो घर निर्माण गर्छे, तर बुद्धिहीन स्त्रीले बनिएको घर आफ्नै हातले भत्काउँछे।

Cross references

रूथ 4:11

यसर्थ समस्त मानिसहरू अनि अगुवाहरू जो शहरद्वारको छेउमा थिए, साक्षी भए। तिनीहरूले भने,“मेरो परमप्रभुले यो स्त्रीलाई, जो तिम्रो घरमा आउँदै छिन्, तिनलाई राहेल अनि लेआ जस्तै तुल्याउन्। जसले इस्राएलको वंश निर्माण गरे। तिमी इस्राएलमा शक्तिशालि बन। बेतलेहेममा प्रसिद्ध बन।”

1 राजा 16:31

आहाबका लागि त्यही पापको गर्न पर्याप्त थिएन जुन नाबातका छोरा यारोबामले गरेका थिए। यसकारण आहाबले एतबालकी छोरी ईजेबेललाई पनि विवाह गरे। एतबाल सीदोनका राजा थिए। तब आहाबले बालको सेवा र पूजा शुरू गरे।

1 राजा 21:24

अनि परमप्रभुले यस्तो पनि भन्नुभएको छ, “तिम्रा परिवारका सदस्यहरूमा कोही शहरमा मरे उसको लाश कुकुरहरूले खानेछन्। यदि कोही खेतमा मरे चरा-चुरूङ्गीले उसको लाश खानेछ।”‘

2 राजा 11:1

अतल्याह अहज्याहकी आमा थिइन। उनले देखिन, उनको छोरा मर्यो। तब उनी उठिन अनि सबै राजाको परिवारलाई मारिन्।

हितोपदेश 9:13

मूर्खता यस्तो आइमाई हो जसले खुब कुरा गर्छे तर ऊ मूर्ख हो, र केही पनि जान्दिनँ।

हितोपदेश 19:13

मूर्ख छोरो बाबुको लागि विनाशको बाढी हो, अनि झगडालु पत्नी नित्त्य पानी चुहुने घर जस्तै हो।

हितोपदेश 21:9

एउटी झगडालु पत्नी सित घर भित्र बस्नु भन्दा शान्ति सित घरको एककुनामा बस्नु शान्तिमय हुन्छ।

हितोपदेश 21:19

छिटो रिसाउने र झगडेलु स्वभाव भएकी पत्नी सित बस्नुभन्दा निर्जन मरूभूमिमा रहनु असल हुन्छ।

हितोपदेश 24:3

एउटा घर ज्ञान द्वारा निर्माण गरिन्छ र समझशक्ति द्वारा यसलाई राम्रो स्याहार सुसार गरिन्छ।

हितोपदेश 31:10

असल पत्नी पाउँन अतिनै गाह्रो हुन्छ किनभने एउटी आदर्श पत्नी, बहूमुल्य रत्नहरू भन्दा पनि मूल्यवान हुन्छे।

हितोपदेश 31:16

तिनी जमीन निरीक्षण र्गछिन् अनि उचित मूल्यमा किन्छिन् आफूले कमाएको पैसाबाट दाख रोप्छिन्।

Interlinear

Choose Theme