हितोपदेश 21:9 · नेपाली बाइबल
एउटी झगडालु पत्नी सित घर भित्र बस्नु भन्दा शान्ति सित घरको एककुनामा बस्नु शान्तिमय हुन्छ।
Cross references
हितोपदेश 12:4
एक योग्य पत्नी आफ्नो पतिको निम्ति शिरको मुकुट हो, तर पति माथि अपमान ल्याउने गृहिणी लोग्नेको शरीरमा मककाउँदै गरेका हड्डीहरू जस्तै हो।
हितोपदेश 15:17
घृणाले भरिएको ठाउँमा धेरै खानु भन्दा, प्रेमले भरिएको ठाउँमा अलिकति खानु उत्तम हो।
हितोपदेश 17:1
प्रत्येक मानिसले झगडा गर्दै खाद्ययन्ले भरिएको घरमा बस्नु भन्दा एक टुक्रा सूख्खा रोटी खाँदै शान्तिमा बस्नु असल हो।
हितोपदेश 19:13
मूर्ख छोरो बाबुको लागि विनाशको बाढी हो, अनि झगडालु पत्नी नित्त्य पानी चुहुने घर जस्तै हो।
हितोपदेश 21:19
छिटो रिसाउने र झगडेलु स्वभाव भएकी पत्नी सित बस्नुभन्दा निर्जन मरूभूमिमा रहनु असल हुन्छ।
हितोपदेश 25:24
झगडालु स्वभाव भएकी पत्नीसित घरमा वास गर्नु भन्दा छाना माथि बस्नु असल हो।
हितोपदेश 27:15
एउटा कचकचे, झगडालु, पत्नी वर्षाको दिनमा पानी चुहुने छाना जस्ती हो।