Home Bibles हितोपदेश 12:1 · नेपाली बाइबल
हितोपदेश 12:1 · नेपाली बाइबल

एकजना मानिस जसले अनुशासनलाई प्रेम गर्छ उसले त ज्ञानलाई त्यसै माया गर्छ, तर जसले सुधारलाई घृणा गर्छ, त्यो त पटमूर्ख हो।

Cross references

लेवी 13:10

यदि पूजाहारीले जाँच गर्दा रोगीको छालामा सेतो सुनिएको पाउनु भयो र त्यसको रौं सेतो भएको र सुनिएको ठाँमा आलो घाउ रहेछ भने,

भजनसंग्रह 32:9

यसैले घोडा अथवा गधा जस्तो मूर्ख होऊ। ती पशुहरूलाई वशमा पार्नलाई लगाम र अंकुश लगाउनु पर्छ। ती चीजहरू नलगाए, ती पशुहरू काबुमा आउने छैनन्।”

भजनसंग्रह 92:6

हामीसँग तपाईंको तुलना गर्दा मानिस जाति मूर्ख जनावरहरू जस्तै छन्। हामी मूर्खहरू हौं जसले केही पनि बुझ्न सक्दैन।

भजनसंग्रह 119:27

हे परमप्रभु, तपाईंका नियमहरू बुझ्न मलाई साथ दिनुहोस्। तपाईंले सृजना गर्नु भएका आश्चर्यजनक कुराहरूको विषयमा मलाई अध्ययन गर्न दिनुहोस्।

भजनसंग्रह 119:97

हे परमप्रभु! म तपाईंका व्यवस्थालाई माया गर्छु। म त्यसको विषयमा सदाकाल भन्ने गर्छु।

भजनसंग्रह 141:5

म त्यसलाई दया सम्झने थिएँ, यदि एकजना धर्मी मानिसले मलाई पिटोस्। तपाईंका भक्तजनहरूले मलाई चेताउनी दिऊन्। तिनीहरूलाई त्यसो गर्न असल हुन्थ्यो। म ती कुराहरू स्वीकार गरौंला। तर म सधैं ती दुष्ट मानिसहरूको विरोधमानै प्रार्थना गर्नेछु।

हितोपदेश 2:10

बुद्धि तिम्रो हृदयमा पस्नेछ अनि ज्ञान पाएर तिमीहरूको आत्मा सुखी हुनेछ।

हितोपदेश 5:12

तिमीले भन्नेछौ, “अहा! मैले अनुशासनलाई किन घृणा गरें? किन मेरो हृदयले सुधारलाई अस्वीकार गर्यो?

हितोपदेश 8:17

म ती मानिसहरूलाई प्रेम गर्छु, ज-जसले मलाई प्रेम गर्छन् अनि यदि मानिसहरूले मलाई चेष्टा गरेर खोज्छन् भने तिनीहरूले मलाई भेट्ने छन्।

हितोपदेश 8:32

अनि अब, हे मेरो छोराहरू, मलाई सुन! ती मानिसहरू भाग्यमानी हुन् जो मैले देखाएको बाटोमा हिंड्छन्।

हितोपदेश 9:7

अरूलाई अपमान गर्नेहरूलाई सुधार्न खोज्ने मानिस आफैं अपमानित हुन्छ र जसले दुष्टमानिसलाई हप्काउँछ उसलाई हानी हुन्छ।

हितोपदेश 10:8

एकजना ज्ञानी मानिसले आज्ञाहरू पालन गर्छ। तर तर्क गर्ने मूर्खले आफैंलाई नासमा पुर्याउँछ।

हितोपदेश 15:10

जुन मानिसले सही मार्ग अपनाउँदैन उसलाई कठोर सजायले अपेक्षा गरिरहेको हुन्छ, अनि जसले सुधारलाई घृणा गर्छ त्यो निश्चय नै मर्छ।

हितोपदेश 18:1

एक्ले बस्ने मानिसले उसका आफ्नै स्वार्थी इच्छाहरू पूरा गर्न खोज्छ। उसले विवेकपूर्ण सल्लाहलाई गिल्ला गर्छ।

यशैया 1:3

गोरूले आफ्नो मालिकलाई चिन्छ अनि गधा आफ्नो स्वामीले दाना दिने डुँडकहाँ छ जान्दछ। तर इस्राएलका मानिसहरूले मलाई चिन्दैनन्। मेरै मानिसहरूले मलाई बुझ्दैनन्।”

2 थिस्सलोनिकी 2:10

दुष्ट मानवले भ्रष्ट मानिसहरूलाई थरि-थरिको छल प्र-पंञ्च देखाउँछ। तिनीहरू भ्रष्ट हुन किनभने तिमीहरूले सत्य स्वीकारेनन्। सत्यलाई स्वीकार गरेका भए तिनीहरूलाई बचाइने थियो।

Interlinear

Choose Theme