Home Bibles भजनसंग्रह 32:9 · नेपाली बाइबल
भजनसंग्रह 32:9 · नेपाली बाइबल

यसैले घोडा अथवा गधा जस्तो मूर्ख होऊ। ती पशुहरूलाई वशमा पार्नलाई लगाम र अंकुश लगाउनु पर्छ। ती चीजहरू नलगाए, ती पशुहरू काबुमा आउने छैनन्।”

Cross references

अय्यूब 30:11

परमेश्वरले मेरो धनुबाट ताँदो लानु भयो र मलाई कमजोर बनाउनु भयो। ती मानिसहरूले आफै थामिंदैनन् बरू क्रोधित भएर मेरो विरोधमा जान्छन्।

अय्यूब 35:11

परमेश्वरले हामीलाई चराचुरूङ्गी र जनावरहरू भन्दा ज्ञानी बनाउनु भयो। यसकारण उहाँ कहाँ हुनुहुन्छ?

अय्यूब 41:13

कसैले पनि उसको छाला छेडन सक्तैन। उसको छाला ढाल बराबर छ।

हितोपदेश 26:3

जसरी घोडा चाबुकले काबुमा आउँछ, खच्चर लगामले आउँछ, त्यसरीनै एकजना मूर्ख डण्डाले काबूमा आउँछ।

यर्मिया 4:22

परमेश्वरले भन्नुभयो, “मेरा मानिसहरू मूर्ख छन्। तिनीहरूले मलाई चिन्दैनन्। तिनीहरू अज्ञानी नानीहरू हुन्। तिनीहरू बुझ्दैनन्। तिनीहरू दुष्टाईं गर्नमा सिपालु छन्, तर तिनीहरू असल काम कसरी गर्नु जान्दैनन्।”

यर्मिया 8:6

मैले तिनीहरूलाई खुब होशियारीसित हेरेको छु अनि सुनेको छु। तिनीहरू सही कुरा बोल्दैनन्। तिनीहरू आफूले गरेको पापमा दुखी छैनन् अनि भन्दैनन्, मैले के गरें? युद्ध भूमिमा दौडिरहेको घोडाहरू जस्तै तिनीहरू आफ्नै बाटोमा हिँडिरहेका छन्।

यर्मिया 31:18

मैले एप्रैमले यसो भन्दै रोएको सुनेकोछु। ‘हे परमप्रभु तपाईंले साँच्चि नै मलाई दण्ड दिनुभयो अनि मेरो शिक्षा पाएँ। म बाछा जस्तै थिए जसलाई सिकाउनु सकिदैन। मलाई फर्काई ल्याउनु होस् अनि म तपाईंकहाँ फर्की आउनेछु। तपाईं मेरो लागि साँच्चि कै परमप्रभु परमेश्वर हुनुहुन्छ।

याकूब 3:3

घोडालाई नियन्त्रणमा राख्न, हामी लगाम लगाइदिन्छौ। घोडाहरूका मुखमा लगाइएको लगामले हामी तिनीहरूको सम्मूर्ण शरिलाई अधीनमा राख्न सक्छौ।

याकूब 4:7

यसर्थ तिमीहरू स्वयंलाई परमेश्वरमा अर्पण गर। शैतानको विरोध गर, अनि तिमीहरूदेखि शैतान भाग्नेछ।

Interlinear

Choose Theme