Home Bibles फिलिप्पी 4:10 · नेपाली बाइबल
फिलिप्पी 4:10 · नेपाली बाइबल

प्रभुमा म खुबै प्रसन्न छु कि म प्रति तिमीहरूले फेरि चासो देखायौ। वास्तवमा तिमीहरूको चासो त थियो तर देखाउने मौका पाएका थिएनौ।

Cross references

2 इतिहास 31:8

जब हिजकियाह अनि प्रमुखहरू आए तिनीहरूले चीज-बीजका राश देखे जो संग्रह गरिएका थिए। तिनीहरूले परमप्रभु अनि उहाँका मानिसहरूको, इस्राएलका मानिसहरूको प्रशंसा गरे।

भजनसंग्रह 85:6

दया गरी हामीसंग प्रसन्न हुनुहोस्, तपाईंको मानिसहरूलाई खुशी बनाउँनु होस्।

होशे 14:7

इस्राएलका मानिसहरू फेरि मेरो संरक्षणमा हुनेछन्। तिनीहरू अन्न झैं बढ्नेछन्। तिनीहरू अङ्गुरका लहरा झैं फल्ने र फूल्ने छन। अनि तिनीहरूको सुगन्ध लबानोनको दाखरस जस्तै हुनेछ।”

2 कोरिन्थी 6:7

हामी पवित्र आत्माबाट, साँचो प्रेमबाट, सत्य प्रचार गर्दै र परमेश्वरको शक्ति मार्फत यस्तो देखाँउछौं। हरेक कुराबाट आफ्नो रक्षा गर्न हामी धार्मिक जीवनको उपयोग गर्छौं।

2 कोरिन्थी 7:6

तर दुःखमा पर्नेहरूलाई परमेश्वरले सुख दिनुहुन्छ। अनि जब तीतस आए, परमेश्वरले हामीलाई सुख दिनुभयो।

2 कोरिन्थी 11:9

जब म तिमीहरूसित थिएँ त्यसबेला पनि खाँचो पर्दा मैले तिमीहरू कसैलाई दुःख दिइनँ। मलाई चाहिने जति सबै म्यासिडोनियाबाट आउने भाइहरूबाट नै मैले लिए। तिमीहरूमाथि मैले आफूलाई कुनै किसिमको भार हुन मन पराइन। अनि कहिल्यै भार बन्ने छैन पनि।

गलाती 6:6

जसले परमेश्वरको शिक्षा लिइरहेको छ उसले आफूमा भएको सबै सद्गुणहरू आफ्ना प्रशिक्षकहरूमा बाँढोस्।

गलाती 6:10

जब हामीले अवसर पाउँछौं, सबैलाई सहायता गरौं। विशेष गरी तिनीहरूलाई जो विश्वासी परिवारका छन्।

फिलिप्पी 1:1

ख्रीष्ट येशूका सेवक पावल र तिमोथीबाट प्रणाम। ख्रीष्ट येशूमा भएका फिलिप्पीमा बस्ने परमेश्वरको सबै पवित्रजनलाई अनि तिमीहरूको सबै अग्रजहरू तथा विशिष्ट सहायकहरूलाई।

फिलिप्पी 1:3

जहिले पनि म तिमीहरूलाई सम्झन्छु, परमेश्वरलाई धन्यवाद चढाउँछु।

फिलिप्पी 2:30

ख्रीष्टको कामका निम्ति उसको झण्डै मृत्यु भयो। मेरो सहायता गर्नुमा उनले आफ्नो प्राण नै संकटमा पारे। त्यस्तो सहायता दिन तिमीहरूले सकेनौ।

Interlinear

Choose Theme