Home Bibles गन्ती 8:13 · नेपाली बाइबल
गन्ती 8:13 · नेपाली बाइबल

यसरी पूजाहारी हारून र तिनका छोराहरूको सहायताको निम्ति तिमीले लेवीहरूलाई नियुक्त गर र त्यसपछि लेवीहरूलाई तिमीले परमप्रभुको निम्ति विशेष उपहार स्वरूप चढाऊ।

Cross references

गन्ती 8:11

हारूनले लेवीहरूलाई परमप्रभु अघि इस्राएलका मानिसहरूको विशेष उपहारको रूपमा अर्पण गर्छन् अनि तिनीहरूले परमेश्वरका सेवा गर्नेछन्।

गन्ती 8:21

लेवीहरूले नुहाएर तिनीहरूको लुगाहरू धोए, हारूनले तिनीहरूलाई परमप्रभुको अघि विशेष उपहार स्वरूपमा अर्पण गरे अनि लेवीहरूका निम्ति प्रायश्चित गराएर तिनीहरूलाई सफा बनाए।

गन्ती 18:6

हेर! म आफैले ती तिम्रा दाज्यू-भाइ लेवीहरू इस्राएलका मानिसहरूको बीचबाट लिएकोछु। भेट हुने पालमा काम गर्नको निम्ति ती तिम्रो निम्ति बलि हुन्।

रोमी 12:1

यसैले दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, केही गर भनेर म बिन्ती गर्दछु। परमेश्वरले हामीलाई ठूलो दया देखाउनुभयो। यसकारण परमेश्वरलाई प्रसन्न गर्दै आफ्नो जीवनलाई जीवित बलिदानको रूपमा अर्पण गर। यही तिमीहरूको आत्मिक उपासना हो।

रोमी 15:16

गैर-यहूदीहरूलाई सहयोग गर्नु भनेर परमेश्वरले मलाई ख्रीष्ट येशूका सेवक बनाउनु भएकोछ। उहाँको सुसमाचारहरू प्रचार गरेर मैले परमेश्वरको सेवा गरें। मैले यसो गर्नुको उद्देश्य गैर-यहूदीहरू परमेश्वरका ग्रहण योग्य बलिहरू बन्नि सकून् भन्ने हो। पवित्र-आत्माद्वारा तिनीहरू पवित्र पारिए।

Interlinear

Choose Theme