गन्ती 7:3 · नेपाली बाइबल
तिनीहरूले 12 वटा गोरूहरूले तानेर ल्याएको 6 वटा ढाकिएको गाडाहरू परमप्रभुका निम्ति उपहारहरू ल्याए। प्रत्येक दुईजना अगुवालाई तिनीहरूले एउटा गाडा र प्रत्येक अगुवालाई एउटा साँढे दिए। तिनीहरूले यी उपहारहरू पवित्र पालमा चढाए।
Cross references
उत्पत्ति 45:21
यसर्थ इस्राएलका छोराहरूले यसो गरे। फिरऊनले प्रतिज्ञा गरे झैं यूसुफले तिनीहरूलाई गाडीहरू दिए। तिनीहरूको यात्राको निम्ति प्रशस्त भोजन पनि दिए।
प्रस्थान 25:2
“इस्राएलीहरूलाई मेरो निम्ति उपहारहरू ल्याउनु भन। प्रत्येक मानिसले हृदयबाट निश्चय गर्नु पर्छ ऊ मलाई के दिनु चाहन्छ। मेरो निम्ति उपहारहरू ग्रहण गर।
एज्रा 2:68
सन्तानका केहि अगुवाहरू, जब यरूशलेम मा परमप्रभुको मन्दिरमा आइपुगे। त्यो स्थानमा परमेश्वर को मन्दिरलाई पुनःर्निर्माण गर्न स्वेच्छाले भेटीहरू प्रदान गरे।