इस्राएलका मानिसहरूको गन्ती हुदाँ यसका जिम्मावार मानिसहरू परिवार, प्रधानहरू, र कुल नायकहरूले परमप्रभुलाई उपहारहरू चढाए।
Cross references
नायक मानिसहरूले पनि गोमेद अनि र अन्य रत्नहरू ल्याए। यी रत्नहरू एपोद अनि न्याय थैलीमाथि लगाए।
प्रत्येक कुलका एक एक व्यक्तिले तिमीलाई सहायता गर्नेछन्। प्रत्येक कुलबाट एक जना व्यक्ति अगुवा हुनेछ। यी निम्न लिखित व्यक्तिहरूले तिमीलाई सहायता गर्नेछन्।
यी सबै मानिसहरू यिनीहरूको कुल समूहका अगुवाहरू थिए र मानिसहरूले नै यिनीहरूलाई आफ्नो आफ्नो कुल समूहका अगुवा बनाए।
मोशा र हारूनलाई परमप्रभुले भन्नुभयोः
परमप्रभुले मोशालाई भन्नुभयोः
तर जब एउटा मात्र तुरही लामो बजाइन्छ तब केवल कुलनायकहरू मात्र तिमीलाई भेट्न आउनेछन्। ती प्रमुखहरू इस्राएलका बाह्र कुल समूहका हुन्।
मोशा र एलाजारले तिनीहरूबाट सुनको गहनाहरू थापे।
परिवारहरूका अगुवाहरू, इस्राएली कुल समूहका अगुवाहरू, एकहजारका सेनाध्यक्षहरू, सयहरूका सेनाध्यक्षहरू र अधिकारीहरू व्यस्त भएका सबै तयार थिए। अनि तिनीहरू सबैले आफ्ना मूल्यवान वस्तुहरू अर्पण गरे।
योशियाहका अधिकारीहरूले पनि खुशीसाथ मानिसहरूलाई, पूजाहारीहरूलाई अनि लेवीहरूलाई निस्तार चाडमा प्रयोग गर्नु भनी पशुहरू अनि चीज-बीजहरू दिए। प्रधान पूजाहारी हिल्कियाह, जकर्याह अनि यहीएल मन्दिरको जिम्मावार अधिकारीहरू थिए। तिनीहरू पूजाहीहरूलाई 2,600 भेंडाका पाठा र बाख्राहरू अनि 300 गोरूहरू निस्तार चाडका बलिहरूका निम्ति दिए।
सन्तानका केहि अगुवाहरू, जब यरूशलेम मा परमप्रभुको मन्दिरमा आइपुगे। त्यो स्थानमा परमेश्वर को मन्दिरलाई पुनःर्निर्माण गर्न स्वेच्छाले भेटीहरू प्रदान गरे।
केही कुलहरूका प्रमुखहरूले निर्माण धन दान गरे। राज्यपालले खजानामा प्राय 19पाउण्ड सुनदान गरे अनि पूजाहारीहरूका निम्ति 50 कचौरा अनि 530 वटा पहिरने कपडा दिए।