“त्यस व्यक्तिले आफू नाजिरी भई बसेको समयमा व्यक्तिले उसको केश काट्नु अथवा खौरनु हुँदैन। आफू परमप्रभुको निम्ति अलग भई बसुञ्जेल पवित्र रहनु पर्छ र उसले आफ्नो केश लामो राख्नु पर्छ।
Cross references
किन? किनभने तिमी गर्भवती छौ अनि तिमीले छोरा जन्माउनेछौ। जन्मेको समय देखि नै उसलाई परमप्रभुको निम्ति विशेष समर्पण गरिनेछ। उ एउटा नाजिरी हुनेछ। यसकारण तिमीहरूले कहिले पनि उसको कपाल काटिदिनु हुँदैन। उसले इस्राएलका मानिसहरूलाई पलिश्ती मानिसहरूको शक्तिबाट बचाउँन शुरू गर्नेछ।”
अन्तमा, शिमशोनले दलीलालाई सबै कुरा भने। तिनले भने, “मैले कहिले पनि मेरो कपाल काटेको छुइनँ। म जन्मनु अघिबाट नै मलाई परमेश्वर प्रति समर्पण गरिएको थियो। यदि कसैले मेरो कपाल काटिदिए म मेरो शक्ति गुमाउनेछु। म अन्य कुनै पनि मानिस जस्तै कमजोर हुनेछु।”
जब शिमशोन तिनको काखमा पल्टिरहेका थिए, दलीलाले उनलाई सुत्ने तुल्याईन र एउटा मानिसलाई शिमशोनको कपालका सातवटा लट्टा काटनलाई भित्र बोलाइन्। यसप्रकार उसले शिमशोनलाई कमजोर तुल्याइन्। शिमशोनको शक्तिले उसलाई छोड्यो।
तिनले परमेश्वरलाई भाकल गर्दै भनिन्, “हे सर्वशक्तिमान परमप्रभु म अफसोसमा छु। तपाईंले मलाई दया गर्नुहोस्। ममाथि कृपालु हुनुहोस् म तपाईंकी दासी हुँ। यदि तपाईंले मलाई एउटा छोरा दिनुभयो भने त्यो बाँचुञ्जेलसम्म म त्यसलाई तपाईंकै सेवामा अर्पण गर्नेछु। त्यस बालकले कहिले पनि दाखरस पिउने छैन र त्यसको कपाल पनि काटीने छैन्।”
यहूदका कतिपय मानिसहरूले विषेश प्रकारले परमप्रभुलाई समर्पण गरे। ती मानिसहरू अति पवित्र थिए। तिनीहरू हिँऊँभन्दा पनि सफा र दुध भन्दा पनि सेता थिए। तिनीहरूका शरीर मुँगा भन्दा पनि राता थिए। तिनीहरूका दाह्री नीलमणि ढुंङ्गा जस्तै थिए।
र त्यसैकारणले अधीनताको चिन्ह स्वरूप स्त्रीले आफ्नो शिर केही चीजले छोपेकी हुनुपर्छ। स्वर्गदूतहरूको कारणले उसले यसो गर्नु पर्दछ।