Home Bibles गन्ती 6:18 · नेपाली बाइबल
गन्ती 6:18 · नेपाली बाइबल

“अब भेट हुने पालको द्वारमा जाऊ, नाजिरीले उसको केश खौरोस् अनि यसलाई आगोमा जलाओस् जहाँ मेल बलि सेकाउथ्ये।

Cross references

गन्ती 6:5

“त्यस व्यक्तिले आफू नाजिरी भई बसेको समयमा व्यक्तिले उसको केश काट्नु अथवा खौरनु हुँदैन। आफू परमप्रभुको निम्ति अलग भई बसुञ्जेल पवित्र रहनु पर्छ र उसले आफ्नो केश लामो राख्नु पर्छ।

गन्ती 6:9

“अनि यदि कोही हठात उसैको नजिकै मर्छ अनि उसलाई अशुद्ध बनाउँछ भने परमप्रभुका निम्ति पालिएको उसको कपाल सातौं दिनमा खौरिनु पर्छ।

लूका 17:10

तिमीसंग पनि यस्तै हो। जब तिमीहरूलाई गर्नु दिएको प्रत्येक काम गर्दछौ, तिमीरूले भन्नु पर्छ, हामी कुनै खास धन्यवाद पाउने योग्यको होइनौ। हामीले जे गर्नु पर्ने थियो त्यही काम मात्र गरेकाछौं।”‘

प्रेरित 18:18

पावल दाज्यु-भाइहरूसंग धेरै दिन बसे। त्यपछि विदा लिएर जलपथबाट सिरिया गए। प्रिस्किला र अक्वीला पनि तिनीसँगै थिए। किंक्रियामा परमेश्वरसंग आफ्नो प्रतिज्ञा पुरा गर्न पावलले आफ्नो केश कटाए।

प्रेरित 21:24

यिनीहरूलाई लिएर जाऊ र तिनीहरूसंगै आफू पनि चोखिनु। तिमीले तिनीहरूको केश खोरने पैसा देऊ यसो गरे यो प्रमाण हुनेछ कि तिम्रो विषयमा तिनीहरूले जे सुने त्यो सत्य होइन। तिनीहरूले तिमीले मोशाको नियम तिम्रो आफ्नै जीवनमा पालन गरेको देख्नेछन्।

प्रेरित 21:26

पावल ती चारजना मानिसहरू आफ्नो साथ लिएर गए र तिनीहरूका चोखिने उत्सवमा भाग लिए। त्यसपछि चोखिने दिनको समापन कहिले हुने अनि तिनीहरू प्रत्येकलाई भेटी दिंइने त्यसको उद्घोषणा गर्न तिनी मन्दिरभित्र गए।

एफिसी 1:6

उहाँको यही आश्र्चर्यजनक अनुग्रहको कारण उहाँ प्रशंसनीय हुनुहुन्छ। आफ्ना प्यारा पुत्र जसलाई उनले माया गर्नुहुन्छ परमेश्वरले हामीलाई आफ्नो अनुग्रह प्रशस्त दिनुभयो।

Interlinear

Choose Theme