पूजाहारीले त्यस स्त्रीलाई परमप्रभुको अघाडी उभ्याएर उसको कपालको चुल्ठो खोलेर हातमा अन्नबलि राखिदिन्छन्। यो जौंको पीठो उसको पति डाहीले दिएको हो। त्यही समयमा उसले आफ्नो हातले पवित्र पानी भएको माटोको भाँडा समात्छन। त्यो पवित्र पानीले त्यस स्त्रीमाथि अनिष्ट ल्याँउछ।
Cross references
“यदि एक जना मानिसलाई हानिकारक चर्मरोग लाग्छ, उसले आफ्नो लुगाहरू च्यात्नु पर्छ अनि शिरको केश छरपस्ट राख्नु पर्छ अनि उसले आफ्नो माथिको ओठ छोपेर ‘अशुद्ध! अशुद्ध’ भन्दै कराउनु पर्छ।
त्यस्तो भएको खण्डमा उसले आफ्नी पत्नीलाई पूजाहारीकहाँ लैजाओस् त्यस व्यक्तिले बलिको निम्ति एपाको दशौं हिस्सा जौंको पीठो लानु पर्छ। जौंको पीठो परमप्रभुको निम्ति डाही पतिले चढाएको अन्नबलि हुन्छ। त्यसमा उसले तेल हाल्नु हुँदैन अनि धूप पनि जलाउनु हुँदैन। यो अन्नबलि खाली पत्नीको दोष बाहिर देखाउन मात्र हो।
तब पूजाहारीले केही पवित्र पानी माटोको भाँडामा हाल्छन् र त्यस पानीमा भेट हुने पालको भूँईको धूलो हाल्छन्।
पूजाहारीले भन्नु पर्छ, ‘तिमीले गरेको छौ भने तिमीबाट नानीहरू जन्मने छैन, अनि गर्भ बसी हाले पनि त्यो तुहुनेछ।’ अनि त्यस आइमाईले भन्नुपर्छ, ‘तपाईंले जसो भन्नु हुन्छ म मान्छु। ‘आमेन, आमेन।”‘
अनि पूजाहारीले त्यो पानी त्यस स्त्रीलाई पिउन लगाउनु पर्छ र त्यस श्राप पार्ने पानीले त्यस स्त्रीलाई कष्ट दिन्छ।
दृढ भएर बस तिमीहरूमध्ये कुनै पनि पुरूष अथवा स्त्री, कुल अथवा परिवार समूह परमप्रभु हाम्रा परमेश्वरदेखि टाढा नजाऊ कुनै पनि मानिस अन्य राष्ट्रले मान्ने देवताको सेवा गर्न नजाऊन्। जुन मानिसले त्यो गर्छ त्यो एउटा उद्भिद जस्तै हो जसले उम्रेर तितो अथवा विषालु फल दिन्छ।
शमूएलले भने, “अमालेकीहरूका राजा अगागलाई मेरो सामु ल्याऊ।” अगागलाई शमूएलको अघि ल्याइयो। साङ्गलाले बाँधिएको अगागको मनमा थियो, “मलाई निश्चय पनि मार्दैनन् होला भनेर।”
तर पछि परिणाम चाँहि नीमको पत्ता झैं तीतो तथा दुई धारे तरवार जस्तै धारिलो हुन्छ।
मैले यो पनि देखे कि कतिपय स्त्रीहरू धराप जस्तै खतरनाक हुन्छन्। तिनका हृदय जाल जस्ता र तिनका पाखुरा साङ्गला जस्ता हुन्छन्। त्यस्ता स्त्रीहरूका फन्दामा पर्नुभन्दा मर्नु निको। परमेश्वरका अनुयायी त्यस्ता स्त्रीहरूदेखि भाग्छन्। तर पापी तिनको फन्दामा पर्छ।
हेर! मेरा कष्टहरू गए। अब मलाई शान्ति छ। तपाईंले मलाई असाध्य प्रेम गर्नुभयो। तपाईंले मलाई चिहानमा सडन दिनु भएन तपाईंले मेरो सारा पापहरू क्षमा गरिदिनु भयो। तपाईंले मेरो सबै पापहरू टाढा फालिदिनु भयो।
तिमीहरूले नराम्रा कामहरू गर्यौ अनि ती नराम्रा कुराहरूले तिमीहरूलाई केवल दण्ड मात्र ल्याउनेछ। संकटहरू तिमीकहाँ आउनेछ। अनि त्यस संकटले तिमीहरूलाई शिक्षा दिनेछ। यस विषयमा विचार गर। तब तिमीहरूले बुझ्नेछौ परमेश्वरबाट कि विमुख हुँदा कति नराम्रो हुँदोरहेछ। मलाई सम्मान नगर्नु र मबाट नडराऊनु नै गल्ती हो।” यो सन्देश मेरो मालिक सेनाहरूका परमेश्वरबाट आएको थियो।
कुनै स्त्रीले आफ्नो शिर छोप्दिन भने, तब यो उसले जम्मै केश काटेको जस्तै छ। तर जब केश काट्नु वा शिर खौरनु एउटी स्त्रीको लागि शरमको कुरा हुन्छ यसैले आफ्नो शिर छोप्नु पर्छ।
तर लामो केश हुनु स्त्रीको निम्ति सम्मानको कुरो हुन्छ। स्त्रीलाई आफ्नो शिर ढाक्नलाई लामो केश दिइएको छ।
परमेश्वरको वचन जीवित छ र क्रियाशील छ। उहाँको वचन कुनै दुईधारे तरवार भन्दा धारिलो छ। परमेश्वरको वचनले हामीलाई गहिरो गरी काट्छ। यसले आत्मा र प्राण, जोडिएको ठाउँमा काट्छ। यसले जोर्नी र हड्डी समेत काट्छ। यसले भित्री भाव र विचार सम्म जाँच्छ।
सबैका बीचमा विवाहचाहिं आदरणीय होस्। विवाहलाई दुईजना बीचमा पवित्र राख्नु पर्छ। जसले यौन-पाप र व्यभिचार गर्छ त्यसलाई परमेश्वरबाट अपराधीलाई जस्तो न्याय गरिन्छ।
तिमीहरुले के गरेका छौ मलाई थाहा छ। म तिमीहरुको प्रेम, विश्वास, सेवा अनि धीरजको बारेमा जान्दछु। मलाई थाहा छ तिमीहरुले अहिले शुरुमा जे गरेका थियौ त्यो भन्दा अधिक गदैंछौ।