पूजाहारीले भन्नु पर्छ, ‘तिमीले गरेको छौ भने तिमीबाट नानीहरू जन्मने छैन, अनि गर्भ बसी हाले पनि त्यो तुहुनेछ।’ अनि त्यस आइमाईले भन्नुपर्छ, ‘तपाईंले जसो भन्नु हुन्छ म मान्छु। ‘आमेन, आमेन।”‘
Cross references
जब तिनले उसलाई त्यो पानी पिलाउनेछन् तब यदि त्यो स्त्री आफ्नो पतिसित अविश्वासी रहेकी छे अनि आफू अपवित्र भएकी छे भने त्यस पानीले उसलाई कष्ट गराउनेछ जस्तै त्यसले उसको जिउ सुकिजानेछ अनि पेट फुलिनेछ। त्यो पत्नी आफ्ना मानिसहरू माझमा श्राप परेको जीवन बिताउनेछे।
‘कारीगरले झैं जसले खोपेर अथवा काटेर धातु अथवा केही अन्य चीजको मूर्ति बनाएर पूजा गर्न गुप्त स्थानमा राख्छ, त्यस मानिसलाई सराप लाग्छ। ती झूटा देवताहरू मूर्तिहरू मात्र हुन किनकि ती कुनै कारीगरले काठ, ढुङ्गा अथवा धातुबाट बनाएको हुन्। परमप्रभुले त्यस्ता कुराहरूलाई घृणा गर्नुहुन्छ।’“तब सबै मानिसहरूले उत्तर दिनेछन् ‘आमेन!’
फाटकमा न्यायकर्ताहरूले टुहुराहरूको विरूद्धमा मेरो पक्ष लिनेछन् भनी जान्दा जान्दै पनि मैले कहिल्यै तिनीहरूमाथि डर देखाउन हात उठाइनँ।
मले सधैं किसानहरूलाई खाद्यन्नको निम्ति पैसा दिएँ, जो मैले भूमिबाट प्राप्त गरें अनि कहिल्यै पनि अर्काको दखलमा भएको जमीन खोस्ने प्रयास गरिनँ।
मैले मेरा साथीहरूका लागि अधर्म काम गरेको छैन्। म बिना कारण मेरा शत्रुहरूमाथि जाइलागेको छैन्।
परमप्रभु, इस्राएल का परमेश्वर धन्य हुनु हुन्छ! उहाँ सधैं हुनुहुन्थ्यो, अनि उहाँ सधैं हुनुहुनेछ। आमेन, आमेन।
उहाँको महिमामय नाउँको सदा-सर्वदा प्रशंसा गर! उहाँको महिमाले सारा संसार भरिपूर्ण रहोस्! आमेन! आमेन!
परमप्रभुको सदासर्वदा प्रशंसा होस्। आमेन अनि आमेन।
सराप नै उसले लाउने लुगाहरू होस्। सराप नै त्यसको पिउने पानी बनियोस्। त्यो दुष्ट मानिसले शरीरमा लगाउने तेल नै सराप होस्।
तिमीहरूले आफूले रोजेको जीवन शैली नै मन परायौ। दुष्ट योजनामा व्यस्त रह्यौ, तिमीहरूले मेरा उपदेश मानेनौ, यसर्थ तिमीहरूले अहिले आफ्नो कर्मको फल भोग्नै पर्छ, त्यही नै तिमीहरूले ग्रहण गर्नु पर्छ।
तब परमेश्वरले भन्नुभयो, “हे मानिसको छोरा! म तिमीलाई यो बेहेरिएको पत्र दिँदैछु। यसलाई निल! यो बेहेरिएको पत्र तिम्रो शरीरमा भरियोस्।”यसकारण मैले त्यो बेहेरिएको पत्र खाँए। त्यो मेरो मुखमा मह जस्तै मीठो भयो।
येशूले उत्तर दिनु भयो, “म तिमीलाई सत्य कुरा भन्छु। मानिस फेरि एकपल्ट जन्मनु पर्छ। यदि मानिस फेरि जन्मेन भने, त्यसले परमेश्वरको राज्यमा प्रवेश पाउने छैन।”
म तिमालाई सत्य कुरा भन्छु। हामी जे जान्दछौ त्यसको विषयमा कुरा गर्नेछौ। हामीले जे देखेका छौ त्यसको साक्षी दिन्छौ। तर पनि तिमीले हाम्रो साक्षी स्वीकार गर्दैनौ।
“म तिमीहरूलाई साँचो भन्दछु, यदी कुनै व्यक्तिले मेरो कुरा सुन्दछ र मेरा पितामा विश्वास गर्दछ भने उसले अनन्त जीवन पाउनेछ। त्यो मानिसलाई कहिल्यै न्याय गरिनेछैन। उनी मृत्युबाट बाहिर आएका हुन् अनि जीवनमा प्रवेश गरेकाहुन्।