किनभने त्यो हत्यारा सुरक्षित शहरमा प्रधान पूजाहारीको मृत्यु पर्यन्त बस्नु पर्ने थियो। प्रधान पूजाहारीको मृत्यु पछि तिनी आफ्नो घर फर्कनु सक्छ।
Cross references
मभित्र बस, म तिमीहरूभित्र रहनेछु। कुनै पनि एक्लो हाँगाले फल दिंदैन। त्यो मूल बोटमा अर्न्तनिहित भएको हुनै पर्छ। तिमीहरूसंग पनि यही कुरा लागू हुँदछ। तिमीहरू एक्लै फल फलाउन सक्तैनौ। तिनीहरू ममा हुनु पर्छ।
बर्णाबास एक असल मानिस थिए। उ पवित्र-आत्मा र विश्वासले परिपूर्ण थियो। जब उनी त्यहाँ आइपुगे बर्णबासले एन्टिओकका मानिसहरूमा परमेश्वरले अत्यन्त अधिक आशीर्वाद दिनु भएको देखे। यसले उनलाई अत्यन्त खुशी बनायो।
तर पावलले सैन्य अधिकारी र अन्य सिपाहीहरूलाई भने, “यदि यी मानिसहरू जहाजमा बस्दैनन् भने तपाईंहरू बाँच्नु हुनेछैन!”
हामी सबै ख्रीष्टका सहभागी छौं हामीले शुरूमा पाएको विश्वास अन्त सम्म थामिरह्यौं भने यो सत्य रहने छ।
मानिसहरूले ख्रीष्टलाई छोडिदिए पछि, तिनीहरूका जीवनको बाटो फेरि बदल्न सकिएला? सत्य सिक्नेहरू बारे म भन्दैछु। तिनीहरूले परमेश्वरबाट उपहार लिएका छन् र पवित्र आत्माको भागीदार बनेका छन्।
प्रधान पूजाहारीको रूपमा ख्रीष्ट राम्रा कुराहरूका निम्ति आउनुभएको छ जुन कुरा आज हामीसित छ। तर उहाँले अरू पूजाहारीहरूले गरे झे पालमा आराधना गर्नुहुन्न। उहँको आराधना स्थान पाल भन्दा राम्रो र पक्का छ जुन यस संसारमा छैन र मानिसद्वारा बनाइएको होइन।
ख्रीष्टले परमेश्वरबाट आफ्ना मानिसहरूलाई एउटा नयाँ करार ल्याउनु हुन्छ, जसमा कि परमेश्वरले बोलाउनुभएका मानिसहरूले उहाँका वचन अनुसारका सबै कुरा पाउन सकुन। परमेश्वरका मानिसहरूले ती कुराहरू सधैंको लागि राख्न सक्छन्। पहिलो करारमा रहेर मानिसहरूले गरेको पापको मोचनको निम्ति ख्रीष्टले आफ्नो प्राण दिनुभयो र त्यसकारण परमेश्वरका मानिसहरूले अब ती कुराहरू पाउनसक्छन्। मानिसहरूलाई ती पापहरूबाट मुक्त गर्न, ख्रीष्टले आफ्नो प्राण दिनुभयो।
सत्यको ज्ञान पाए पछि पनि हामीले जानी-जानी पाप गर्न छोडेनौ भने त्यो पापहरू पखाल्ने कुनै बलिदान हुने छैन।
तर हामी तिनीहरू मध्येका होइनौं जो डरले र्फकन्छन् न नष्ट भएकाछन्। होइन हामी त विश्वास भएका मानिसहरू हौं, र बचाइएका छौं।विश्वास