“तर यदि कसैले कसैलाई अञ्जानमा मारेको हो, अनि त्यो मर्ने व्यक्तिमाथि मार्ने व्यक्तिको शत्रुता होइन, अथवा एक व्यक्तिले केहि चीज फ्याँक छ र संयोग वश कसैलाई मार्छ भने यो मर्ने व्यक्तिमाथि घृणा थिएन,
Cross references
तर यदि कुनै घटना घट्छ र कुनै मानिसले कसैलाई योजना बिनै मार्छ भने, परमेश्वरको इच्छा अनुसार त्यस्तो भएको हो। म यस्तो जग्गा रोज्छु जहाँ मानिसहरू आफ्नो सुराक्षाको निम्ति भागेर जान सक्छन्। मानिसहरू, त्यस ठाउँमा गएर आफ्नो ज्यान जोगाउन सक्छन्।
तिनीहरूले केही शहर चुन्नु पर्छ र तिनीहरूलाई सुरक्षा शहरहरू झैं तयार गर्नु पर्छ। यदि कुनै व्यक्तिले कुनै अर्को व्यक्तिलाई अञ्जानमा हत्या गरे, त्यो हत्यारा आफ्नो सुरक्षाको निम्ति त्यहाँ गई बस्न सक्छ।
यहाँ एउटा उदाहरण छ एकजना मानिस आफ्नो साथीलाई लिएर दाउरा लिन वनमा जान्छ। मानिस रूख काट्न बञ्चरो उठाउँछ तर बञ्चरो बिंडबाट छुट्टिन्छ र अर्को मानिसलाई लाग्छ र उसलाई मार्छ। बञ्चरो चलाउने मानिस तीनवटामध्ये कुनै एउटा शहरमा आफ्नो सुरक्षाको निम्ति भागेर जान सएछ।
यदि कुनै मानिसले अर्को मानिसलाई मार्छ, तर त्यो अन्जानमा हो अनि उसले त्यस मानिसलाई मार्न चाहेको होइन भने उसलाई मार्न चाहने उसका आफान्तहरूबाट लुक्नका निम्ति त्यो शरण शहरमा जान सक्छ।
तर त्यस मानिसलाई खेद्दै आउने मानिस शहरमा पछ्याउँदै आउन सक्नेछ। यदि यस्तो भयो भने शहरका अगुवाहरूले उसलाई छोड्नु हुँदैन। तिनीहरूले त्यस मानिसको रक्षा गर्नुपर्छ जो तिनीहरू कहाँ सुरक्षाको निम्ति आएकोछ किनभने त्यसले एउटा मानिसलाई अन्जानमा मारेको थियो। उ क्रोधित भएको थिएन, अनि त्यस मानिसलाई मार्ने योजना गरेको थिएन।