Home Bibles गन्ती 31:6 · नेपाली बाइबल
गन्ती 31:6 · नेपाली बाइबल

मोशाले बाह्र हजार इस्राएलीहरू युद्धमा पठाए। तिनले पूजाहारी एलाजारको छोरो पीनहासलाई पनि तिनीहरूसित पठाए। पीनहासले आफूसित पवित्र चीजहरू युद्ध-ध्वनी तथा तुरहीहरू लिएर गए।

Cross references

प्रस्थान 25:9

त्यो पवित्र पाल र त्यस भित्रका प्रत्येक चीज कस्तो देखिनु पर्छ म तिमीलाई बताउँछु। प्रत्येक चीज मैले तिमीलाई देखाए जस्तै बनाऊ।

गन्ती 10:8

हारूनका छोराहरू, पूजाहारीहरूले तुरही फुक्नु पर्छ। तिमीहरूको सन्तानको निम्ति यो नियम हुनेछ।

गन्ती 10:9

“अनि जब तिमीहरू आफ्नो भूमिमा तिमीहरूलाई आक्रमण गर्ने तिमीहरूको शत्रुको विरूद्धमा युद्ध गर्न जान्छौ, तिमीहरूले चेतावनी दिने तुरही बजाऊ अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू प्रति ध्यान दिनुहुनेछ। अनि उहाँले तिमीहरूको रक्षा गर्नुहुनेछ।

गन्ती 14:44

तर मानिसहरूले मोशाको कुरामा विश्वास गरेनन् र तिनीहरू पहाडी इलाकातिर गए। तर मोशा र परमप्रभुको करारको सन्दूक ती मानिसहरूसित गएन।

गन्ती 25:7

हारूनको नाति एलाजारका छोरो पीनहासले त्यसरी एउटी स्त्रीलाई पालभित्र लगेको देख्यो। यसर्थ पीनहासले सभा त्यागेर आफ्नो भाला बोकेर।

गन्ती 33:20

ती मानिसहरूले रिम्मोन-परेशबाट यात्रा गरी लिब्नामा छाउनी हाले।

व्यवस्था 20:2

“जब तिमीहरू युद्ध गर्न जान्छौ पूजाहारी गएर सैन्यहरूसित भन्नुपर्छ।

यहोशू 6:4

पूजाहारीहरूलाई पवित्र सन्दूक बोक्नु भन। सातजना पूजाहारीहरूलाई भेडाको सींगबाट बनाएको तुरही बोक्नु भन अनि पवित्र सन्दूकको अघि अघि हिंड्नु भन। सातैं दिनमा, शहर वरिपरि सात पल्ट घुम। सातैं दिनमा तिनीहरू हिंड्दा पूजाहारीहरूलाई, तुरही बजाउनु भन।

यहोशू 6:13

अनि सातजना पूजाहारीहरूले सातवटा तुरहीहरू बोके। तिनीहरू हिंडदै अनि तिनीहरूका तुरही बजाउँदै परमप्रभुको पवित्र सन्दूक अघि अघि हिंडे। हात-हतियार सहितका सैनिकहरू तिनीहरूको अघि हिंडे अनि पछाडिको रक्षकहरू परमप्रभुको पवित्र सन्दूक पछि-पछि हिंडे। तिनीहरू हिंड्दै अनि तुरही बजाउँदै शहर वरिपरि गए।

1 शमूएल 4:4

त्यसकारण तिनीहरूले शीलोमा मानिसहरू पठाए। सर्वशक्तिमान परमप्रभुको करारको सन्दूक लिएर मानिसहरू आए। सन्दूक माथि करूब स्वर्गदूत विराजमान थिए अनि तिनीहरू त्यस्तो प्रकारले बसेका छन् जसमाथि परमप्रभुले आसन लिनुहुन्थ्यो। एलीका छोरा होप्नी र पीनहास जो सन्दूकको रेखदेख गर्दथे तिनीहरू पनि उक्त सन्दूकसँगै आए।

1 शमूएल 4:17

बिन्यामिनी मानिसले सार वृत्तान्त बताए, “इस्राएलीहरू पलिश्तीहरूका अघि टिक्न नसकेर भागे इस्राएली पक्षका धेरै सेना युद्धमा मारिए। तपाईंका दुवै छोरा, होप्नी र पीनहास पनि मारिए अनि परमेश्वरको पवित्र सन्दूक पनि पलिश्तीहरूले कब्जामा पारेका छन्।”

1 शमूएल 14:18

शाऊलले अहियाहलाई भने, “परमेश्वरको पवित्र सन्दूक ल्याऊ!” त्यस समय सन्दूक इस्राएलीहरूसँग नै थियो।

1 शमूएल 23:9

शाऊलले दाऊदको विरूद्धमा बनाएको योजना उसलाई थाहा भयो। दाऊदले पूजाहारी एबीयातारलाई भने, “एपोद ल्याऊ।”

2 शमूएल 11:11

उरियाहले दाऊदलाई भने, “परमप्रभुको पवित्र सन्दूक अनि इस्राएलका सैनिकहरू र यहूदाका सैनिक सबै तम्बूमा बस्छन्। मेरा स्वामी योआब, अनि राजा दाऊदका अधिकारीहरू सबै खुल्ला मैदानमा डेरा गरेर बस्छन्। यसैले म घर गएर खाई पिई पत्नीसँग सुत्नु ठीक हैन।”

2 इतिहास 13:12

परमेश्वर स्वयं हाम्रो साथ हुनु हुन्छ। उहाँ हाम्रा शासक हुनु हुन्छ अनि उहाँका पूजाहारीहरू हामीसित छन्। परमेश्वरका पूजाहारीहरूले तिमीहरूलाई व्यूँझाउन् अनि तिमीहरूलाई उहाँको आगमनमा उत्तेजित तुल्याउनका निम्ति आफ्ना तुरही बजाउँछन्। इस्राएलका मानिसहरू हो, तिम्रा पुर्खाहरूका परमप्रभु परमेश्वरको विरूद्ध नलड। तिमीहरू सफल हुने छैनौं।”

एज्रा 7:5

बुक्की अबीशूअका छोरा थिए, अबीशूअ पीनहासका छोरा थिए, पीनहास एलाजारका छोरा थिए, एलाजार मुख्य पूजाहारी हारूनका छोरा थिए।

Interlinear

Choose Theme