यसर्थ मोशाले मानिसहरूलाई यसो भने, “मिद्यानीहरूसित बद्ला लिन युद्ध गर्नको निम्ति तिमीहरूले आफ्नो मानिसहरूबाट सेनाहरू तयार पार।
Cross references
यसर्थ मोशाले यहोशूलाई भने, “केही मानिसहरूलाई छान र भोलि अमालेकीहरूसित युद्ध गर्न जाऊ। म पर्वतमाथि बसेर तिमीलाई हेर्नेछु। म त्यहाँ परमेश्वरको लहुरो पक्वी रहनेछु।”
मोशाले भने, “मैले परमप्रभुको सिंहासनतिर हात बढाएको थिएँ। यसकारण परमप्रभुले अमालेकीहरूको विरोधमा लडाइँ गर्नु भयो उहाँ यो सधैं गर्नु हुन्छ।”
तिमीहरूले मेरो करार भंङ्ग गर्यौ, यसर्थ म तिमीहरूलाई दण्ड दिन तिमीहरूको विरूद्ध शुत्रहरू ल्याउनेछु। तिमीहरू बचाऊको निम्ति आफ्नो शहरभित्र जानेछौ तर म त्यहाँ रोगहरू फैलाइदिनेछु अनि तिमीहरूका शत्रुहरूले तिमीहरूलाई जित्ने छन्।
“एलाजारको छोरो पूजाहारी हारूनको नाति पीनहासले इस्राएलका मानिसहरूलाई मेरो क्रोधबाट बचायो। उसले यो काम गर्यो किनभने ऊ मेरो सम्मानको रक्षा गर्न उत्सुक थियो। यसकारण क्रोधित हुँदा इस्राएलका मानिसहरूलाई मारे।
शान्तिको सम्झौता यो होः ऊ अनि उसका आउने भावि सन्तान सदा सर्वदाको निम्ति पूजाहारीहरू भई रहनेछन्। किनभने ऊ मेरो सम्मानको रक्षा गर्न उत्सुक थियो र उसले इस्राएली मानिसहरूलाई प्रायश्चित गरायो।”
इस्राएलका मानिसहरू युद्धका निम्ति तयार भए। तिनीहरू स्वेच्छाले युद्धमा जाने भए! परमप्रभुलाई धन्यवाद चढाऊ!
परमप्रभुका स्वर्गदूतले भन्नुभयो, “मेरोज शहरलाई श्राप देऊ, यसका मानिसहरूलाई श्राप देऊ। परमप्रभुलाई सघाउन तिनीहरू सेनासित आएनन्।”
तिमीले आफ्नो राजा आहाबको परिवारलाई नष्ट पार्नु पर्छ। यस प्रकार म ईजेबेललाई मेरा सेवकहरू, अगमवक्ताहरू तथा परमप्रभुका सबै सेवकहरूको मृत्य, (जसको हत्या गरिएको थियो) को लागि सजाय दिनेछु।
परमप्रभुले येहूलाई भन्नुभयो, “तिमीले राम्रो काम गरेका छौ। तिमीले ती कार्यहरू गरेका छौ, जो म भन्छु, राम्रो कार्य हो। तिमीले मैले भने अनुसार नै आहाबको परिवारलाई सर्वनाश पार्यौ। यसकारण तिम्रा वंशजहरूले चार पुस्तासम्म इस्राएलमा शासन गर्नेछन्।”
तर त्यस समय, हाम्रो मालिक सेनाहरूका परमप्रभु, परमेश्वरले आफ्नो शत्रुहरूमाथि बद्ला लिनुहुनेछ। त्यो बद्ला लिने दिन हुनेछ। तरवारले मार्नेछ अनि सन्तुष्ट हुनेछ। तिनीहरूको रगतले तरवार भरिनेछ। यो उत्तर देशको यूफ्रेटिस नदीको किनारमा मेरो मालिक, सेनाहरूका परमप्रभु निम्ति बलि हुनेछ।
मानिसहरू बाबेलबाट भागिरहेका छन्। मानिसहरू जो बाबेलबाट बाँचेर आएकाछन् तिनीहरू भन्दैछन् परमप्रभु हाम्रा परमेश्वरले उहाँको र उहाँको मन्दिरको लागि प्रतिशोध लिनु भएकोछ।