तर यदि उसको लोग्नेले चाल पाएर उसले विरोध गरे उसको शपथ वा वाचा बन्धन त्यहीं अवैद्ध हुन्छ। उसको लोग्नेले विरोध गरेकोले परमप्रभुले उसलाई क्षमा गर्नुहुनेछ।
Cross references
“यस प्रकार पूजाहारीले इस्राएलका समस्त मानिसहरूको समुदायलाई प्रायाश्चित बनाउँछ त्यसकारण तिनीहरूलाई क्षमा दिनेछ। किनभने तिनीहरूको पाप इच्छाकृत थिएन। यसकारण यसको लागि तिनीहरूले आफ्नो होमबलि र पापबलि चढाए ता कि परमप्रभुले तिनीहरूलाई क्षमा गरून्।
यस्तो प्रकारले पूजाहारीले उसको निम्ति प्रायश्चित गराउने छ जसले अञ्जानमा भूल गर्छ क्षमा गरिन्छ। ताकि त्यो व्यक्तिलाई परमप्रभुबाट क्षमा गरिन्छ।
तर यदि तिनका बाबुले यसको बारेमा सुने भने र उनलाई त्यसो गर्नबाट रोके भने, उनले प्रतिज्ञा गरेको कुरा पूरा गर्नु पर्दैन। किनभने उनको बाबुले उनलाई मनाही गरे र परमप्रभुले उनलाई क्षमा दिनेछन्।
तर उसको लोग्नेले कुनै दिन चाल पाएर विरोध गरे उसको भाकल अथवा वाचा बन्धन भङ्ग हुन्छ अनि परमप्रभुले पनि उसलाई क्षमा दिनुहुन्छ।
हन्नाका लोग्ने एल्कानाले भने, “तिमीलाई जे राम्रो लाग्छ त्यही गर बालकले ठोस भोजन गर्नसक्ने नभइञ्जेल तिमी घरैमा बस। परमप्रभुले तिम्रो वचनपूरा गरिदिउन्।” यसर्थ तिनी छोराले आमाको दूध नछाडेसम्म घरैमा बसिन्।
तब स्वास्नीमानिसहरूले यर्मियालाई भने, “हामीहरूले जे गर्दै थियौ र जब हामीले स्वर्गकी रानीलाई बलिहरू चढायौं अनि अर्घबलिहरू अपर्ण गर्यौ, हाम्रा पतिहरूले जान्देथे। पूजा गर्नु भनी जब हामीले स्वर्गकी रानीको निम्ति तिनको मूर्ति भएको केकहरू बनायौ हाम्रा पतिहरूले जान्दथे।”
म चाहन्छु कि तिमीहरूले यो पनि जानि राखः प्रत्येक मानिसको शिर ख्रीष्ट हुनुहुन्छ। अनि स्त्रीको शिर पुरुष हो। र ख्रीष्टको शिर परमेश्वर हुन्।