Home Bibles गन्ती 27:7 · नेपाली बाइबल
गन्ती 27:7 · नेपाली बाइबल

“सेलोफाकी छोरीहरूले गरेको बिन्ति न्यायसंगत छ र तिनीहरूले आफ्नो पिताको दाज्यू-भाईहरूसितै जमीनको अंश पाउनु पर्छ। यसर्थ जुन जमीन तिमीले तिनीहरूको पितालाई दिने थियौ त्यो जमीन तिनीहरूलाई देऊ।

Cross references

गन्ती 36:1

मनश्शेको नाति माकीरको छोरो गिलादको सन्तानका प्रधानहरू अघि आए अनि मोशा र इस्राएली मानिसहरूका प्रधानहरूलाई भने,

गन्ती 36:2

“परमप्रभुले इस्राएलीहरूलाई चिठ्ठाद्वारा भूमि वितरण गरिदिनु भनी हजूरलाई हुकुम दिनु भएको थियो। अनि हजूर हाम्रा मालिकलाई परमप्रभुले हाम्रा सन्तान सलोफादको अंश चाँहि उनकी छोरीहरूलाई दिनु भनी दिनु भएको थियो।

गन्ती 36:5

यसर्थ परमप्रभुको निर्देशन अनुसार मोशाले इस्राएलीहरूलाई यस्तो आदेश दिएः “यूसुफ कुलका मानिसहरूले जे भन्दैछन् त्यो सही हो।

यहोशू 17:4

ती छोरीहरू एलीजार पूजाहारी, नूनका छोरा यहोशू अनि सबै अगुवाहरूकहाँ गए। ती छोरीहरूले भने, “परमप्रभुले मोशालाई भन्नुभयो कि उहाँले हामीलाई त्यसरी नै भूमि दिउन् जसरी हाम्रा पुरूष नातेदारहरूलाई दिइन्छ।” यसर्थ तिनले परमप्रभुको आज्ञा पालन गरे अनि छोरीहरूलाई केही भूमि दिए। यसरी यी छोरीहरूले आफ्ना काकाहरूले जस्तै आफ्नो भूमि पाए।

अय्यूब 42:15

अय्यूबका छोरीहरू त्यस ठाँउका अन्य स्त्रीहरू भन्दा सुन्दरी थिए। अनि अय्यूबले आफ्ना सम्पत्तिका केही अंश आफ्नी छोरीहरूलाई दिए। प्रत्येकले आफ्ना दाज्यू-भाइहरूले जस्तै बराबरीको रूपमा सम्पत्तिहरू पाए।

भजनसंग्रह 68:5

उहाँको पवित्र मन्दिरमा परमेश्वर टुहुरा-टुहरीका निम्ति पिता झैं हुनुहुन्छ, उहाँले विधवहरूको हेरचाह गर्नुहुन्छ।

यर्मिया 49:11

आफ्ना अनाथहरूलाई छाडिदेऊ। म तिनीहरूलाई सुरक्षा दिनेछु। तिमीहरूका विधवाहरूले ममाथि भरोसा राखुन्।”

गलाती 3:28

अब ख्रीष्टमा कुनै मानिस यहूदी अथवा ग्रीक , कमारा अथवा फुक्का अनि स्त्री अथवा पुरुषमा पनि कुनै भिन्नता भएन। किनभने ख्रीष्ट यशूमा तिमीहरू सब एक हौ।

Interlinear

Choose Theme