Home Bibles गन्ती 26:3 · नेपाली बाइबल
गन्ती 26:3 · नेपाली बाइबल

यसकारण मोशा र पूजाहारी एलाजारले तिनीहरूसित यरीहोको पारी यर्दन नदीको नजिक मोआबको मैदानमा कुरा गरे। “तिनीहरूले भने,

Cross references

गन्ती 22:1

त्यसपछि इस्राएलीहरूले मोआबको यर्दन मैदानहरूमा यात्रा गरे। यरीहो पारी पट्टि यर्दन नदी नजिकै तिनीहरूले पाल हाले।

गन्ती 26:63

यी मानिसहरूको गन्ती मोशा र पूजाहारी एलाजारले गरेका थिए। मोशा र एलाजार पूजाहारीले इस्राएली मानिसहरूको गन्ती यरीहोको पारी यर्दन नदीको किनार मोआबको मैदानमा गरेका थिए।

गन्ती 31:12

इस्राएली अरू मानिसहरूकहाँ ल्याए। युद्धमा तिनीहरूले जे जति लिए सबै इस्राएलीहरूको छाउनीमा ल्याए। इस्राएली मानिसहरूको छाउनी मोआबको यर्दन बेंसीमा थियो। त्यो यरीहोदेखि पारी यर्दन नदीको पूर्वपट्टि थियो।

गन्ती 33:48

ती मानिसहरूले अबारीमको पर्वतबाट यात्रा गरी यरीहोको पारीको यर्दन नदीको नजीक मोआबको यर्दन बेंसीमा छाउनी हाले।

गन्ती 35:1

येरीहोदेखि पारी मोआबमा यर्दन नदीको नजिकै यर्दन बेंसीमा परमप्रभुले मोशालाई भन्नुभयो,

व्यवस्था 4:46

जुन समयमा तिनीहरू यर्दन नदी पूर्वपट्टि अवस्थित बेतपोर पारीको बेंसीमा थिए मोशाले तिनीहरूलाई यी विधि-विधानहरू दिए। तिनीहरू हेश्बोनमा बस्ने एमोरीहरूका राजा सिहोनको देशमा थिए। (मिश्रदेशबाट आउँदा मोशा अनि इस्राएलका मानिसहरूले तिनलाई पराजित गरेका थिए।

व्यवस्था 34:1

मोशा नेबो पर्वतमा चढे। मोशा मोआबमा यर्दन बेंसी भएर पस्गा पर्वतको टाकुरामा गए। यो यरीहोदेखि यर्दन नदी पारि हो। परमप्रभुले मोशालाई गिलाददेखि दानसम्मको सबै भूमि देखाउनु भयो।

व्यवस्था 34:6

परमप्रभुले बेत पोर पारि मोआबको भूमिमा मोशालाई गाडनु भयो, तर आजसम्म कसैले मोशाको चिहान कहाँ छ जान्न सकेको छैन।

व्यवस्था 34:8

इस्राएलीहरूले मोशाको लागि तीस दिनसम्म विलाप गरे। तिनीहरू मोआबको यर्दन बेंसीमा शोकको समय पूरा नहुञ्जेलसम्म बसे।

Interlinear

Choose Theme