Home Bibles गन्ती 35:1 · नेपाली बाइबल
गन्ती 35:1 · नेपाली बाइबल

येरीहोदेखि पारी मोआबमा यर्दन नदीको नजिकै यर्दन बेंसीमा परमप्रभुले मोशालाई भन्नुभयो,

Cross references

गन्ती 22:1

त्यसपछि इस्राएलीहरूले मोआबको यर्दन मैदानहरूमा यात्रा गरे। यरीहो पारी पट्टि यर्दन नदी नजिकै तिनीहरूले पाल हाले।

गन्ती 26:63

यी मानिसहरूको गन्ती मोशा र पूजाहारी एलाजारले गरेका थिए। मोशा र एलाजार पूजाहारीले इस्राएली मानिसहरूको गन्ती यरीहोको पारी यर्दन नदीको किनार मोआबको मैदानमा गरेका थिए।

गन्ती 31:12

इस्राएली अरू मानिसहरूकहाँ ल्याए। युद्धमा तिनीहरूले जे जति लिए सबै इस्राएलीहरूको छाउनीमा ल्याए। इस्राएली मानिसहरूको छाउनी मोआबको यर्दन बेंसीमा थियो। त्यो यरीहोदेखि पारी यर्दन नदीको पूर्वपट्टि थियो।

गन्ती 33:50

येरीको पारि यर्दन नदी नजीकै मोआबको मैदानमा परमप्रभुले मोशालाई भन्नुभयो, इस्राएलीहरूलाई भन,

गन्ती 36:13

यरीहोको पारिपट्टि र्यदन नदीको किनार नजिक मोआबको मैदानमा परमप्रभुले मोशा मार्फत इस्राएलका मानिसहरूलाई दिनु भएको आदेश र नियमहरू यी नै हुन्। 

यहोशू 14:5

परमप्रभुले मोशाद्वारा आज्ञा गरे अनुसार इस्राएलको मानिसहरूले भूमि विभाजित गरे।

यहोशू 21:1

लेवी कुल समूहका शासकहरू पूजाहारी एलाजार, नूनका छोरा यहोशू अनि इस्राएलका अन्य कुल समूहका शासकहरूसित बात गर्न गए।

1 इतिहास 6:64

यसरी इस्राएली मानिसहरूले ती शहरहरू अनि खेतहरू लेवी मानिसहरूलाई दिए।

Interlinear

Choose Theme