बालाकले ठीक पारे अनि वेदीहरूमा ती साँढे र भेडाहरू बलि चढाए।
Cross references
“यदि उसले गोरू होमबलि चढाउँछ भने, त्यो निष्खोट बाछो हुनुपर्छ। उसले बाछो भेट हुने पालको ढोकामा चढाउनु पर्छ जसले गर्दा त्यो परमप्रभुलाई ग्रहण योग्य हुनेछ।
बालाकले गोरूहरू र भेडाहरू बलि चढाए अनि बिलाम र मोआबबाट आएका बूढा-प्राधानहरूलाई निमन्त्रणा गरे र खान दिए जो ऊसित आएका थिए।
बिलामले भने, “यहाँ सातवटा वेदी बनाऊ। अनि सातवटा साँढे र सातवटा भेडा मेरो निम्ति तयार पार।”
बालाकले बिलामको इच्छा पुरा गरिदियो। ती दुइजनाले एक-एकवटा साँढे र भेडा प्रत्येक वेदिमा बलि चढाए।
अहीतोपेल दाऊदका एकजना सल्लाहकार थिए। अहीतोपेल गीलोह शहरका बासिन्दा थिए। जब अब्शालोमले बलिदान चढाउन पुगे तब गीलोह शहरबाट अहीतोपेललाई पनि बोलाए। अब्शालोमको योजना ठीकसँग कार्यन्वित हुँदै थियो अनि धेरै भन्दा धेरै मानिसहरू तिनको पक्षमा लाग्नथाले।