तब परमप्रभुको स्वर्गदूतले बिलामलाई भने, “तिमी यी मानिसहरूसित जाऊ, तर म जे भन्छु तिमी त्यो मात्र बोल। यसकारण बिलाम मोआबबाट आएका बूढा-प्रधानहरूसंग गए।”
Cross references
त्यो राती बिलामलाई सपनामा आएर परमेश्वरले भन्नुभयो, “जब यी मानिसहरू तिमीलाई उनीहरूसित लैजान आएका छन्, तिमी उठेर तिनीहरूसित जाऊ, तर म जे भन्छु त्यो मात्र तिमीले गर्नुपर्छ।”
तर म, परमप्रभुले बालामको कुरा सुन्न अस्वीकार गरें। यसर्थ बालामले तिमीहरूलाई अनेक पल्ट आशीर्वाद दिए। मैले तिमीहरूलाई बँचाएँ अनि विपत्तबाट निकालें।
यसैले तिनीहरू जे-जे चाहन्छन् त्यही गर भनेर छाडी दिएँ, इस्राएल ले आफ्नो मनले चाहेको गर्यो।
यदि कुनै मानिस सही जीवन जीई रहेको छ भने सुरक्षित रहन्छ, तर जो इमान्दारी पूर्वक जीवन जिउदैन उसको अचानक पतन हुन्छ।
त्यही त तिमीले भनेको हो। तर तिमीले मैले के भनें सुनेनौ। ‘मैले धेरै अघि योजना बनाएको थिएँ। मैले यो प्राचीनकालदेखि नै योजना बनाएको थिएँ अनि अहिले मैले यसलाई गराँए। मैले तिमीलाई शक्तिशाली शहरहरू ढल्ने अनि तिनीहरूलाई भग्नावशेष परिणत गर्ने अनुमति दिएँ।
त्यो दुष्ट मानिस शैतानको शक्तिमा आउँछ। त्यससित धेरै शक्ति रहनेछ र किसिम-किसिमका झूटो चमत्कार, लक्षण र आश्चर्य कर्महरू देखाउँछ।