Home Bibles गन्ती 21:4 · नेपाली बाइबल
गन्ती 21:4 · नेपाली बाइबल

इस्राएली मानिसहरू होर पर्वत छोडेर लाल समुद्र जाने बाटोमा हिड्न लागे। तिनीहरूले एदोम देश वरिपरि जानलाई त्यो बाटो गए। तर मानिसहरू धैर्यहीन भईसकेका थिए।

Cross references

प्रस्थान 6:9

यसर्थ मोशाले इस्राएलीका मानिसहरूलाई प्रत्येक कुरा भने तर मानिसहरू यति कठोर परिश्रम गरिरहेका थिए तिनीहरूले मोशाका कुरा धैर्यसित सुनेनन्।

गन्ती 14:25

अमालेकीहरू र कनानीहरू त्यही बेंसीमा बसिरहेका छन्। यसर्थ भोलि तिमीहरूले यो ठाउँ छाड्नु नै पर्छ र लाल समुद्र को बाटो भएर तिमीहरू त्यो मरूभूमिमा फर्की जाऊ।”

गन्ती 20:18

तर एदोमका राजाले उत्तर दिए, “हाम्रो देश भएर तिमीहरू यात्रा गर्न पाउँदैनौ। यदि हिड्ने चेष्टा गरे हामी तरबार लिएर तिमीहरूसित लडन आउनेछौं।”

गन्ती 20:21

एदोमले इस्राएलका मानिसहरूलाई आफ्नो भूमिको बाटोबाट यात्रा गर्न दिएनन् तिनीहरू अर्कै बाटो भएर गए।

गन्ती 20:27

मोशाले परमप्रभुको आज्ञा पालन गरे। मोशा, हारून र एलाजार होर पर्वतमा गए। सबै इस्राएली मानिसहरूले तिनीहरू गएको देखे।

गन्ती 32:7

यर्दन नदी पारी परमप्रभुले तिनीहरूलाई दिन चहानु भएको भूमिमा जानलाई किन तिमीहरू इस्राएली मानिसहरूलाई निरूत्साहित पार्न चेष्टा गरिरहेकाछौ?

गन्ती 32:9

तिनीहरू एश्कोल बेंसी सम्म पुगे अनि त्यो भूमिको निरीक्षण पनि गरे तर तिनीहरूले इस्राएलका मानिसहरूलाई परमप्रभुले दिनु भएको भूमिमा जान हतोत्साहित बनाए।

गन्ती 33:41

ती मानिसहरूले होर पर्वतबाट यात्रा गरी सल-मोनामा छाउनी हाले।

व्यवस्था 1:40

तर तिमीहरू लाल समुद्र पुग्ने उजाड भूमि तिरको बाटो भएर जानु पर्छ!’

व्यवस्था 2:5

तिनीहरूसित लडाइँ नगर। यो भूमिबाट तिमीहरूलाई एक फुट पनि दिइने छैन कारण यो पहाडी भूमि मैले एसावका मानिसहरूलाई आफ्नो भूमि बनाउनु भनी दिएको छु।

न्यायकर्ता 11:18

त्यसपछि इस्राएलका मानिसहरू मरूभूमि अनि एदोम र मोआब देशका किनार वरिपरि भएर गए। इस्राएलका मानिसहरूले मोआब देशको पूर्वततिर यात्रा गरे। तिनीहरूले अर्नोन नदीको अर्कोतर्फ छाउनी बनाए। तिनीहरूले मोआब देशको सीमाना पार गरेनन्। (अर्नोन नदी मोआबदेशको सीमाना थियो)।

2 राजा 3:8

यहोशापातले योरामलाई सोधे, “हामी कुन बाटोबाट जाऊँ?”योरामले जवाफ दिए, “हामी एदोमको मरूभूमिबाट जानुपर्छ।”

प्रेरित 14:22

ती शहरहरूमा तिनीहरूले चेलाहरूलाई आत्मिकरूपले पराक्रमी तुल्याए। तिनीहरूले उनीहरूलाई विश्वासमा दृढ रहन सहायता गरे। तिनीहरूले भने, “हामी परमेश्वरको राज्यमा अनेक यातनासहेर प्रवेश गर्नु पर्छ।”

1 थिस्सलोनिकी 3:3

हामीले तिमोथीलाई पठाएकाछौ ताकि हामीले सामना गर्नु परेको विपत्तिले तिमीहरू हतोत्साह हुनु नपरोस्। तिमीहरूलाई यादै थियो, कि हामीमाथि यी विपत्तिहरू पर्ने नै छन्।

Interlinear

Choose Theme