गन्ती 32:9 · नेपाली बाइबल
तिनीहरू एश्कोल बेंसी सम्म पुगे अनि त्यो भूमिको निरीक्षण पनि गरे तर तिनीहरूले इस्राएलका मानिसहरूलाई परमप्रभुले दिनु भएको भूमिमा जान हतोत्साहित बनाए।
Cross references
गन्ती 13:23
त्यस पछि तिनीहरू एश्कोल बेंसीमा आए। तिनीहरूले त्यहाँ एक झुप्पा दाख काटी एउटा घोचोमा दुइजनाले बोकेर ल्याए। तिनीहरूले अनार र नेभारा पनि ल्याए।
गन्ती 13:26
पारान मरूभूमिको कादेश भन्ने ठाँउमा जहाँ मोशा, हारून र सबै इस्राएली मानिसहरूलाई भेला भएर बसेका थिए अनि तिनीहरूको खबर तिनीहरूकहाँ ल्याए अनि तिनीहरूलाई त्यस भूमिको फल देखाए।
व्यवस्था 1:24
तब ती मानिसहरू पहाडतिर लागे अनि एशकोलको बेंसीमा पुगेर त्यहाँ सब खोजीनिधि गरे।