Home Bibles न्यायकर्ता 11:30 · नेपाली बाइबल
न्यायकर्ता 11:30 · नेपाली बाइबल

यिप्तहले परमेश्वरसँग एउटा प्रतिज्ञा गरे। तिनले भने, “यदि तपाईंले मलाई अम्मोनी मानिसहरू माथि पराजित गर्न दिनुभयो भने,

Cross references

उत्पत्ति 28:20

तब याकूबले एउटा प्रतिज्ञा गरे। उनले भने, “यदि परमेश्वर मसंगै रहनु भयो अनि म जहाँ जान्छु त्यहाँ मेरो रक्षा गर्नु भयो भने अनि परमेश्वरले मलाई खान भोजन र लगाउन लुगाहरू दिनु भयो भने।

गन्ती 30:2

“जब एकजना व्यक्तिले परमप्रभुलाई केही चढाउँछु भनी विशेष शपथ गर्छ अथवा परमप्रभुको नाममा केही गर्छु भनी वाचा बन्धन गर्छ भने उसले त्यो शपथ अथवा वाचा बन्धन खेर फाल्नु हुँदैन। उसको मुखबाट निस्केको वचन पुरा गर्नै पर्छ।

1 शमूएल 1:11

तिनले परमेश्वरलाई भाकल गर्दै भनिन्, “हे सर्वशक्तिमान परमप्रभु म अफसोसमा छु। तपाईंले मलाई दया गर्नुहोस्। ममाथि कृपालु हुनुहोस् म तपाईंकी दासी हुँ। यदि तपाईंले मलाई एउटा छोरा दिनुभयो भने त्यो बाँचुञ्जेलसम्म म त्यसलाई तपाईंकै सेवामा अर्पण गर्नेछु। त्यस बालकले कहिले पनि दाखरस पिउने छैन र त्यसको कपाल पनि काटीने छैन्।”

उपदेशक 5:1

परमेश्वरको उपासना गर्न जाँदा खुबै होशियार होऊ। अज्ञानीहरूले जस्तो परमेश्वरलाई बली चढाउनु भन्दा उनको आज्ञा मान्नु धेरै राम्रो हो अज्ञानीहरू प्राय खराब काम गर्ने गर्छन् र के गर्दैछन् त्यो पनि जान्दैनन्।

उपदेशक 5:4

यदि तिमीले परमेश्वरसंग कुनै कुराको प्रतिज्ञा गर्छौ भने पुरा गर्नमा दिलो नगर। परमेश्वर मूर्ख मानिसहरूसंग खुशी हुनुहुन्न। तिमीले परमेश्वरलाई जुन कुरो चढाउँने प्रतिज्ञा गरेका छौ त्यो चढाऊ।

Interlinear

Choose Theme