Home Bibles ☰ Books गन्ती 20:4 · नेपाली बाइबल
गन्ती 20:4 · नेपाली बाइबल

तिमीहरूले किन परमप्रभुको मानिसहरूलाई यस मरूभूमिमा ल्यायौ? के हामी र हाम्रो पशुहरूलाई मार्न चहान्छौ?

Cross references

प्रस्थान 5:21

यसैकारण तिनीहरूले मोशा र हारूनलाई भने, “तपाईंहरूले साँच्चे गल्ती गर्नु भयो जब तपाईंहरूले फिरऊनलाई हामीलाई छोडने कुरा गर्नुभयो। परमप्रभुले तपाईंहरूलाई दण्ड दिऊन्। किनभने तपाईंहरूले फिरऊन र उसका अधिकारीहरूलाई हामीसित घिनाउने बनाउनु भयो। तपाईंले तिनीहरूलाई हामीलाई मार्ने निहुँ दिनु भएको छ।”

प्रस्थान 14:11

तिनीहरूले मोशालाई भने, “तिमीले हामीहरूलाई मिश्रबाहिर किन ल्यायौ? मिश्रमा के धेरै चिहानहरू थिएनन्? किन? तिमीले हामीलाई मरूभूमिमा मार्न ल्यायौं।

प्रस्थान 16:3

मानिसहरूले भने, “यदि परमप्रभुले हामीलाई मिश्र देशमा नै मर्न दिनु भएको भए राम्रो हुने थियो त्यहाँ हामीलाई खानलाई प्रशस्त अन्न थियो। जे होस त्यहाँ हाम्रो निम्ति हामीले मागेको प्रशस्त खाने कुरो थियो। हामीलाई आवश्यक परेका सबै खाध्यहरू थिए तर अहिले तिमीहरूले हामीहरूलाई यहाँ मरूभूमिमा ल्यायौ अब हामी भोकैले मर्ने भयौं।”

प्रस्थान 17:3

तर मानिसहरू पानीको निम्ति साह्रै तिर्खाएका थिए, यसर्थ तिनीहरूले लगातर मोशा विरूद्ध गन-गन गरिरहे। मानिसहरूले भने, “किन तिमीले हामीलाई मिश्र देशबाट बाहिरा ल्यायौ? के तिमीले हामी हाम्रा बाल-बच्चा तथा गाई-वतुहरू सबै पानी बिना मरून भनी लिएर आएका हौ?”

गन्ती 11:5

हामीले मिश्रमा हुँदा बिना मूल्य माछा खाएको सम्झना आँउछ। साग-पातहरू, काँक्रा, खरबुजा, हरियो साग सब्जी, प्याज अनि लसूनहरूको सम्झना आँउछ।

गन्ती 11:20

तिमीहरूले महीना भरि मासु खाने छौ। तिमीहरूले मासु खाने छौ जब सम्म तिमीहरू यसको लागि बिमार हुनेछौ। तिमीहरूलाई यस्तो हुनेछ किनभने तिमीहरूले परमप्रभुको विरूद्ध आरोप लगायौ। परमप्रभु तिमीहरूको माझमा रहनुहुन्छ अनि तिमीहरूलाई के आवश्यक छ जान्नु हुन्छ। तर रोयौ अनि उहाँलाई आरोप लगायौ तिमीहरूले भन्यो हामी किन मिश्रमा सदा रहेनौ?”‘

गन्ती 16:13

हामीहरूलाई दूध र मह बगिरहेको देशबाट तिमीले बाहिर लिएर आयौ। तिमीले हामीलाई मार्नको निम्ति मरूभूमिमा ल्यायौ अनि हामीलाई देखाउन चाहान्छौ कि हामी माथि तिम्रो अधिकार छ।

गन्ती 16:41

अर्को दिन इस्राएलका मानिसहरूको सम्पूर्ण समुदाय मोशा र हारूनको विरोधमा गुनासो गरे र भने, “तिमीहरूले परमप्रभुका मानिसहरूलाई मार्यौ।”

भजनसंग्रह 106:21

परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई बचाउनु भयो। तर तिनीहरूले उहाँको बारेमा ती सबै बिर्सीदिए। जुन परमेश्वरले मिश्रमा महान कार्यहरू गर्नु भएको थियो तिनीहरूले उहाँको बारेमा भुलिदिए।

प्रेरित 7:35

“यो मोशा त्यही मानिस थिए जसलाई यहूदीहरूले चाहिंदैन भनेका थिए। तिनीहरूले उनलाई भनेका थिए, ‘कसले तिमीलाई हाम्रो शासक र न्यायकर्त्ता बनायो?’ त्यही मानिसलाई परमश्वरले शासक र उद्धारकको रूपमा पठाउनु भएको थियो। परमेश्वरले मोशालाई स्वर्गदूतको माध्यम पठाउनु भएको थियो जो जल्दै गरेको पोथ्रामा उनी अघि देखापरेको थियो।

प्रेरित 7:39

“तर हाम्रा पुर्खाहरूले मोशाका आज्ञा पालन गर्न चाहेनन्। तिनलाई स्वीकार गरेनन्। अनि तिनीहरूले मिश्रदेश फर्की जाने इच्छा गरे।

Interlinear

Choose Theme