Home Bibles गन्ती 16:33 · नेपाली बाइबल
गन्ती 16:33 · नेपाली बाइबल

सबै ती मानिसहरू जिउँदै खाल्डा भित्र पुरिए। यी सबै तिनीहरूले आफ्नो बनाएका चीजहरू तिनीहरूसंगै पुरिए अनि धर्ती बन्द भयो। अनि तिनीहरू सम्पूर्ण रूपले अल्पिए।

Cross references

गन्ती 22:33

जब गधाले मलाई देख्यो, त्यो तीन पल्ट मबाट तर्कन खोज्यो। यदि यो मबाट नतर्केको भए यो निश्चय थियो कि म तिमीलाई मार्ने थिएँ, तर गधालाई जिउँदै छाडि दिने थिएँ।”

भजनसंग्रह 9:15

ती मानिसहरू जो अन्य जातिहरूबाट आएका थिए, तिनीहरूले अरूलाई संकष्टमा पार्न खाडल खने। तर तिनीहरू आफूले थापेका पासोहरूमा आफैं फस्नेछन्। अनि तिनीहरू ती जालहरूमा आफैं पर्ने छन्।

भजनसंग्रह 55:16

म परमेश्वरसँग बिहान, दिउसो र बेलुकी कुरा गर्दछु। मेरो अस्तव्यस्त उहाँलाई बताउँछु। अनि उहाँले मेरो कुरा सुन्नु हुन्छ!

भजनसंग्रह 55:23

हे परमेश्वर तपाईंको करार अनुसार, ती झूटोहरू र हत्याराहरूलाई आधा जीवन नबित्दै चिहानमा पठाउनु हुनेछ, मेरो पक्षको करार अनुसार म तपाईंमा भरोसा गर्नेछु।

भजनसंग्रह 69:15

पानीका छालहरूमा मलाई डुब्न नदिनुहोस्। गहीरो प्वालले मलाई निल्न नदिनुहोस्। मलाई मेरो शत्रुहरूबाट र यो गम्भीर कष्टबाट बचाउनुहोस्।

भजनसंग्रह 143:7

परमप्रभु चाँडो गरेर मलाई जवाफ दिनुहोस्! मैले आफ्नो आँट हराएँ। मदेखि टाढा नभाग्नु होस्। मलाई मर्नबाट जोगाउनु होस् र ती मरेर चिहानमा सुतिरहेको मध्ये एउटा हुन नदिनु होस्।

यशैया 14:9

पातल उत्तैजित छ किनभने तिमीहरू आइरहेका छौ। तिमीहरूकालागि पातलले सारा संसारका अगुवाहरूका मरेकाहरूलाई जागाउँदछौ। पातलले राजाहरूलाई तिनीहरूको राजगद्दीमा उभ्याउन लागाउछ पाताल तिमीहरूको आगमनमा सबै तयार पारिरहेकोछ।

यशैया 14:15

तर त्यस्तो भएन, तिमी परमेश्वरसंग आकाशमाथि गएनौ, तिमीलाई गहिरो खाडल मनि ल्याइयौ पातालमा-मृत्युको ठाउँमा।

इजकिएल 32:18

“हे मानिसको छोरो, मिश्रका मानिसहरूका निम्ति रूँनु। मिश्र अनि ती छोरीहरूलाई शक्तिशाली राष्ट्रहरूबाट चिहान सम्म पुर्याऊ। तिनीहरूलाई खाल्डोमा लैजाऊ जहाँ तिनीहरू ती मानिसहरूसित सम्मलित हुन्छ जो पहिले नै खाल्डामा गइसकेकाछन्।

इजकिएल 32:30

“उत्तरका सबै शासकहरू त्यहीं छन्। त्यहाँ सीदोनको सबै सैनिकहरूछन्। तिनीहरूको शक्तिले मानिसहरू डराउँथे। तर तिनीहरू लज्जित थिए। ती खतना नभएका मानिसहरूसित अरू मानिसहरूसँग जो युद्धमा मारिएका थिए त्यहाँ सुत्ने छन्। तिनीहरू आफ्नो लाज आफूसँग लिएर तल गहिरो पातालमा गए।

यहूदा 1:11

यो तिनीहरुका निम्ति अत्यन्तै नराम्रो हुनेछ। यी मानिसहरुले कयिन हिँडेको मार्ग अनुसरण गरेका छन्। धन कमाउन तिनीहरु बालाम हिँडेको बाटोमा हिडिरहेका छन्। तिनीहरु परमेश्वरको विरोधमा कोरह झैं लडछन्। यसर्थ कोरह झैं तिनीहरु पनि सडनेछन्।

Interlinear

Choose Theme