Home Bibles ☰ Books इजकिएल 32:30 · नेपाली बाइबल
इजकिएल 32:30 · नेपाली बाइबल

“उत्तरका सबै शासकहरू त्यहीं छन्। त्यहाँ सीदोनको सबै सैनिकहरूछन्। तिनीहरूको शक्तिले मानिसहरू डराउँथे। तर तिनीहरू लज्जित थिए। ती खतना नभएका मानिसहरूसित अरू मानिसहरूसँग जो युद्धमा मारिएका थिए त्यहाँ सुत्ने छन्। तिनीहरू आफ्नो लाज आफूसँग लिएर तल गहिरो पातालमा गए।

Cross references

यर्मिया 25:22

मैले सोर र सीदोनका सबै राजाहरू अनि समुद्रका टापुहरूका राजाहरूलाई यो पिउन लगाँए।

यर्मिया 25:26

मैले सारा उत्तरका राजाहरू नजिक र टाढामा भएका राज्यहरूलाई यो पिउनु लगाँए। मैले सबै पृथ्वीका राजाहरूलाई परमप्रभुको क्रोधको कचौराबाट दाखरस पिउन लगाँए। तर “शीशकका”राजाले पनि अन्य जातिहरूले पिए पश्चात पिउनेछन्।

इजकिएल 28:21

“हे मानिसको छोरो, सीदोनमाथि ध्यान देऊ, अनि त्यस ठाँउको विरूद्धमा मेरो लागि केही भन।

इजकिएल 28:23

म सीदोनमा रोग अनि मृत्यु पठाउँछु, शहरहरूको बाहिर तरवारले त्यो मृत्यु ल्याउँनेछ। त्यसपछि उसले सम्झनेछ कि म परमप्रभु हुँ।”‘

इजकिएल 32:24

“एलाम त्यहाँ छ अनि उसका सबै सेनाहरू उसको चिहानको चारैतिर छन्। तिनीहरू सबै युद्धमा मारिएका थिए। ती बेखतने मानिसहरू पृथ्वीको गहिरो भागमा गए। जब तिनीहरू जीवित थिए तिनीहरूले मानिसहरूलाई भयभीत पार्थे। तर तिनीहरूले तिनीहरूको लाज तिनीहरूसितै लिए र गहिरो खाडल भित्र गए।

इजकिएल 38:6

त्यहाँ गोमेर उसको सबै सैनिकहरूसित हुनेछ। त्यहाँ तोगर्माको राष्ट्र सबै सैनिक समूहसँग हुनेछ जो उत्तर दिशाको टाडो ठाँउबाट आउँछ। त्यहाँ तिमीहरूसित धैरे राष्ट्रहरूका मानिसहरू हुनेछन्।

इजकिएल 38:15

तिमी टाढो उत्तरको आफ्नो ठाँउबाट आउँछौ अनि तिमी बहुसंख्यक मानिसहरूलाई साथमा लिएर आउँछौ। ती सबै घोडसवार हुनेछन्। तिमी एउटा विशाल अनि शक्तिशाली सेना हुनेछौ।

इजकिएल 39:2

म तिमीलाई समातेर फर्काई ल्याउँछ। म तिमीलाई उत्तरको डाडाँबाट ल्याउँछु। म तिमीलाई इस्राएलको पर्वतहरूको विरूद्ध युद्ध गर्नका निम्ति ल्याउँछु।

Interlinear

Choose Theme