Home Bibles ☰ Books लेवी 4:27 · नेपाली बाइबल
लेवी 4:27 · नेपाली बाइबल

“यदि समुदायको कुनै मानिसले नजानेर पाप गरे अथवा परमप्रभुले दिनु भएको निषेधाज्ञाको विरोधमा काम गरे त्यो दोषी हुनेछ

Cross references

प्रस्थान 12:49

खतना नभएको कुनै पनि मानिसहरूले परमप्रभुको भोजनमा भाग लिनु हुँदैन। यो प्रत्येक मानिसहरूको लागि यो सत्य र निष्पक्ष नियम हो त्यो देशी अथवा विदेशमा जन्मेका नागरिक होस् यो नियम प्रत्येकलाई हुनुपर्छ।”

लेवी 4:2

“इस्राएलका मानिसहरूलाई भन, “जब एउटा मानिसले नजान्दा पाप गरे अनि परमप्रभुका आज्ञाहरूमा नगर्नु भनेको कुनै काम गर्छ भने, त्यस मानिसले तलका कुराहरू गर्नु पर्छ।

लेवी 4:13

“यदि समस्त इस्राएली मानिसहरूले नजान्दा नै भूल गर्छन् अनि तिनीहरूलाई थाहा हुँदैन तिनीहरूले परमप्रभुको कुनै आज्ञा पालन गरेनन् भने, तब तिनीहरू दोषी हुनेछन्।

लेवी 5:17

“जब कुनै व्यक्तिले परमप्रभुले नगर्नु भनेको कामगर्छ तर उसलाई त्यो थाहा हुँदैन, तब पनि त्यो मानिस दोषी हुनेछ।

गन्ती 5:6

“यो कुरा इस्राएलका मानिसहरूलाई भन एकजना व्यक्तिले अर्को व्यक्तिमाथि नराम्रो काम गरिरहेको हुन्छ। (जब कसैले अर्को कसैमाथि अन्याय गर्छ तब उसले परमेश्वरसित पाप गरिरहेको हुन्छ।) त्यो व्यक्ति दोषी हो।

गन्ती 15:16

त्यही नियम र विधि तिमीहरूको निम्ति र विदेशीहरूको निम्ति लगाइन्छ जो तिमीहरूसित बसो-बास गर्छन्।”

गन्ती 15:22

“अब परमप्रभुले मोशालाई दिनु भएको आज्ञाहरूमा यदि तिमीहरूले कुनै एक आज्ञा पालन गर्न भूल भयो अथवा बिर्स्यौ भने के गर्नुपर्छ?

गन्ती 15:27

“तर यदि एउटाले अञ्जानमा पाप गर्छ भने, एक वर्षको पाठी, पापबलिको बलि झैं चढाउनु पर्छ।

गन्ती 15:29

इस्राएलीहरूको बीचमा मानिसहरू चाहे इस्राएली नागरिकहरू हो अथवा विदेशी जो भए तापनि नियम सबैको निम्ति एउटा हुन्छ जसले अञ्जानमा भूल गर्छ।

भजनसंग्रह 19:13

मैले चाहेका पापहरू गर्न नलगाउनु होस्। ती पापले ममाथि राज नगरोस्। यदि तपाईंले मलाई सहयोग गर्नुभयो भने म आफ्ना पापहरूबाट मुक्त हुन्छु।

इजकिएल 45:17

तर शासकले विशेष पवित्र दिनमा आवश्यक चीज दिनुपर्छ। शासकलाई होमबलि, अन्नबलि अनि अर्घबलिको व्यवस्था उत्सवको दिन औंसीहरूको चाडहरू, शबाथहरूका निम्ति अनि इस्राएलको परिवारको सबै विशेष उत्सवका निम्ति गर्नुपर्छ। शासकले सबै पापबलि, अन्नबालि, होमबलि, मेलबलि त्यसले इस्राएलको परिवारलाई पवित्र पार्नको निम्ति उपयोग गरिन्छु।”

इजकिएल 45:20

तिमीले यही काम महीनाको सातौं दिनमा त्यो मानिसको निम्ति गर्नेछौ जसले अन्जानमा अथवा नजानी पाप गरेकोछ। यस्तो प्रकार तिमीले मन्दिरको निम्ति प्रायश्चित गर्नेछौ।

Interlinear

Choose Theme