Home Bibles ☰ Books गन्ती 15:20 · नेपाली बाइबल
गन्ती 15:20 · नेपाली बाइबल

तिमीहरूको पहिलो हलोबाट तिमीहरूले एउटा रोटी बलि झैं चढाउनु पर्छ। यो तिमीहरूले यस्तै प्रकारले चढाउनु पर्छ जस्तो तिमीहरूको खलाबाट बलिहरू चढाइरहेछौ।

Cross references

प्रस्थान 23:19

“जब तिमीहरूले पहिलो बाली उठाउँछौ, तिमीहरूले उब्जाउ परमप्रभु आफ्नो परमेश्वरको घरमा ल्याउनु पर्छ।“तिमीहरूले पाठोको मासु खानु हुँदैन जसलाई त्यसकै माउको दूधमा उमालिन्छ।”परमेश्वरले इस्राएललाई आफ्नो जमीन लिनुमा सहायता गर्नु हुन्छ

प्रस्थान 34:26

“तिमीहरूको फसलबाट पहिलो अन्नहरू परमप्रभु तिमीहरूका परमेश्वरको घरमा ल्याऊ।“कलिलो पाठीलाई त्यसकी माऊको दूधमा नै पकाउनु हुँदैन।”

लेवी 2:12

तिमीहरू वर्षको पहिलो बालीबाट खमीर र मह चढाउन सक्छौ, तर त्यो बलि भेटीलाई सुगन्धित भेटीबनाउन जलाउनु हुँदैन।

लेवी 2:14

“यदि तिमीहरू वर्षको अगौटे बालीबाट परमप्रभुलाई भेटी चढाउँछौ भने तिमीहरू पहिले बालीको ताजा अन्नको अघिल्लो भागलाई पिंधेर अन्न पकाएको भेटी बनाउनु पर्छ।

लेवी 23:10

“इस्राएलका मानिसहरूलाई भन म तिमीहरूलाई जुन देश दिन्छु त्यसमा तिमीहरू जानेछौ अनि त्यहाँ बाली काट्नेछौ। त्यस समयमा तिमीहरूको पहिले बालीको उब्जनीको एक बिटा पूजाहारीकहाँ ल्याउनू।

लेवी 23:14

तिमीहरूले परमप्रभुलाई नयाँ फसल उपहार नचढाएसम्म तिमीहरूले रोटी, भूटेको अन्न, अथवा ताजा अन्नहरू खानु हुदैन। तिमीहरू जहाँ बसे पनि यी नियमहरू पुस्ता पुस्तासम्म चलि रहनेछन्।

लेवी 23:17

त्यस दिन तिमीहरूले आफ्नो घरबाट दुइवटा खमीर मिसाएको रोटी ल्याउनु पर्छ खमीर अनि सोह्र बटुको पीठो प्रयोग गरेर यी रोटीहरू पकाऊ। त्यो डोलाउने बलिक लागि हुनेछ त्यो तिम्रो पहिलो उब्जनीबाट परमप्रभुको निम्ति अन्न बलि हुनेछ।

लेवी 23:20

“पूजाहारीले रोटीले तिनीहरूलाई परमप्रभुको अघि दुइवटा थुमाहरूसित डोलाउने तिनीहरू परमप्रभुको निम्ति पवित्र हुन्छ र ती सबै पूजाहारीको हुनेछ।

गन्ती 18:12

“इस्राएलका मानिसरूको कुनै पनि पहिलो बाली अथवा उब्जनी जस्तै अन्न, भद्राक्षको तेल र दाखरस, जो तिनीहरूले परमप्रभुमा समर्पण गर्छन, म ती सब तिमीलाई दिन्छु।

व्यवस्था 14:22

“तिमीहरूले प्रत्येक वर्ष तिमीहरूको खेतको उब्जनीबाट दशांश जोगाई निर्धारित गरेर राख्नु पर्छ।

व्यवस्था 26:2

परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिमा उब्जनीको बाली बटुलेर त्यसको अशं डालोमा हालेर परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो निम्ति रोज्नु भएको विशेष ठाउँमा लैजानु हुनेछ।

नहेम्याह 10:37

“हामीले परमेश्वरको मन्दिरको भण्डारकोठामा, पूजाहारीहरूका निम्ति पहिलो मुछेको पिठोको डत्ला अनि हाम्रा भेटी-प्रत्येक वृक्षका फल नयाँ दाखरस अनि तेल ल्याउँने छौं। अनि हामी लेवीहरूका निम्ति पनि आफ्ना फसलका दशौ खण्ड पनि ल्याउने छौ। लेवीहरू ति हुन जसले हामीले काम गर्ने सबै शहरहरूमा दशौ खण्ड संग्रह गर्छन्।

हितोपदेश 3:9

तिम्रो सम्पत्तिले परमप्रभुको आदर गर। तिम्रो सर्वोतमबाट परमप्रभुलाई चढाऊ।

इजकिएल 44:30

प्रत्येक तयारी फसलको प्रथम भाग पूजाहारीहरूका निम्ति हुनेछ। तिमीले आफ्नो मुछेको पिठोको प्रथम भाग पनि पूजाहारीहरूलाई दिनु। यसले तिमीहरूको घरानामा आशीर्वाद बर्षाउने छ।

मत्ती 6:33

तिमीहरू अरू थोकभन्दा परमेश्वरको राज्य र उहाँको धार्मिकताको विषयमा इच्छा गर। तब उहाँले तिमीहरूलाई तिमीहरूले चाहेका यी जम्मै कुराहरू दिनुहुनेछ,

रोमी 11:16

यदि रोटीको पहिलो टुक्रा परमेश्वरलाई अर्पण गरे, जम्मै रोटी पवित्र हुन्छ। यदि एउटा रूखका जराहरू पवित्र छन् भने त्यसका हाँगाहरू पनि पवित्र हुनेछन्।

Interlinear

Choose Theme