Home Bibles ☰ Books प्रस्थान 34:26 · नेपाली बाइबल
प्रस्थान 34:26 · नेपाली बाइबल

“तिमीहरूको फसलबाट पहिलो अन्नहरू परमप्रभु तिमीहरूका परमेश्वरको घरमा ल्याऊ।“कलिलो पाठीलाई त्यसकी माऊको दूधमा नै पकाउनु हुँदैन।”

Cross references

प्रस्थान 23:19

“जब तिमीहरूले पहिलो बाली उठाउँछौ, तिमीहरूले उब्जाउ परमप्रभु आफ्नो परमेश्वरको घरमा ल्याउनु पर्छ।“तिमीहरूले पाठोको मासु खानु हुँदैन जसलाई त्यसकै माउको दूधमा उमालिन्छ।”परमेश्वरले इस्राएललाई आफ्नो जमीन लिनुमा सहायता गर्नु हुन्छ

व्यवस्था 14:21

“यदि कुनै पशु आफैं मरेको भए, त्यो तिमीहरूले खानु हुँदैन। त्यो मृत पशु तिमीहरूको शहरमा बस्ने कुनै विदेशीलाई देऊ, उसले त्यो खान सक्छ। अथवा तिमीहरूले त्यस मृत पशु विदेशीलाई बेच्न सक्छौ, तर तिमीहरूले खानु हुँदैन। किन? किनभने तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरका विशेष मानिसहरू हौ।“बाख्राको पाठो त्यसकै माऊको दूधमा नपकाऊ।

व्यवस्था 26:2

परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिमा उब्जनीको बाली बटुलेर त्यसको अशं डालोमा हालेर परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो निम्ति रोज्नु भएको विशेष ठाउँमा लैजानु हुनेछ।

व्यवस्था 26:10

अब हे परमप्रभु! यस समय मैले जुन अन्न हजुरलाई चढाएँ त्यो हजुरले दिएको भूमिबाट पहिलो उब्जेको अन्न हो।’“तब तिनीहरूले त्यो अन्न परमप्रभु तिमीहरूका परमेश्वरअघि राखेर पूजा गर्न निहुरिनु पर्छ।

हितोपदेश 3:9

तिम्रो सम्पत्तिले परमप्रभुको आदर गर। तिम्रो सर्वोतमबाट परमप्रभुलाई चढाऊ।

मत्ती 6:33

तिमीहरू अरू थोकभन्दा परमेश्वरको राज्य र उहाँको धार्मिकताको विषयमा इच्छा गर। तब उहाँले तिमीहरूलाई तिमीहरूले चाहेका यी जम्मै कुराहरू दिनुहुनेछ,

1 कोरिन्थी 15:20

तर वास्तवमा ख्रीष्ट मृत्युबाट बौराइनु भएको थियो-मृत्युमा निदाएका ती सबै विश्वासीहरू मध्ये उहाँ प्रथम बौराइएको हुनु हुन्छ।

याकूब 1:18

सत्यको वचनबाट परमेश्वरले हामीलाई उहाँको बालक बनाउने निर्णय लिनु भयो। उहाँले सृजना गरेको वस्तुहरू मध्ये हामीलाई सब भन्दा महत्वपूर्ण बनाउनु इच्छा गर्नुभयो।

Interlinear

Choose Theme