यसर्थ यो सत्य हो कि तिमीले मिश्र पनि त्याग्ने छौ। अनि तिमी लज्जाले आफ्ना अनुहार लुकाउनेछौ। तिमीले भरोसा राखेका देशहरूलाई परमेश्वरले इन्कार गर्न भएको छ, यसर्थ तिम्रो जीवनमा उन्नतिको लागि तिनीहरूले तिमीलाई सहयोग गर्न सक्तैनन्।
Cross references
तर मोशाले भने, “परमप्रभुको आज्ञा किन पालन गरिरहेका छैनौ? तिमीहरू सफल हुँदैनौ।
दाऊदले उरियाहलाई भने, “आज यहीं बस। भोलि म तिमीलाई युद्ध भूमिमा पठाउँछु।”उरियाह त्यस दिन रातभरि यरूशलेममा नै बसे।
तामारले लगाएका विभिन्न रंगको लुगा च्यातेर टाउकोभरि खरानी दलिन्। अनि टाउकोमा हात राखेर रून थालिन।
परमेश्वर स्वयं हाम्रो साथ हुनु हुन्छ। उहाँ हाम्रा शासक हुनु हुन्छ अनि उहाँका पूजाहारीहरू हामीसित छन्। परमेश्वरका पूजाहारीहरूले तिमीहरूलाई व्यूँझाउन् अनि तिमीहरूलाई उहाँको आगमनमा उत्तेजित तुल्याउनका निम्ति आफ्ना तुरही बजाउँछन्। इस्राएलका मानिसहरू हो, तिम्रा पुर्खाहरूका परमप्रभु परमेश्वरको विरूद्ध नलड। तिमीहरू सफल हुने छैनौं।”
तिमीहरूले कैदी सरह शिर निहुराएर रहनुपर्ने छ। तिमीहरू मृत मानिस जस्तो ढल्नेछौ! तर साथ पाउने छैनौ! परमेश्वर अझ पनि क्रोधित नै हुनुहुन्छ। उहाँ तिमीहरूलाई दण्ड दिनलाई अझ पनि तत्पर रहनुहुन्छ।
मृत्युसँग भएको तिम्रो सम्झौता मेटिएर जानेछ। पातालसँग भएको तिम्रो सम्झौताले तिमीलाई सहयोग गर्नेछैन।“कोही एकजना मानिस आएर तिमीहरूलाई दण्ड दिनेछ। उसले तिमीहरूलाई फोहर-मैला जस्तै कुल्चेर जानेछ।
तिमी लक्ष्य सजिलै बद्लिन्छौ! तिमी अश्शूर पट्टि फर्क्यौ अनि तिनीहरूले तिमीलाई लज्जित बनाए। यसकारण, तिमी मिश्रपट्टि फर्क्यौ अनि तिनीहरूले पनि तिमीलाई लज्जित तुल्याए।
परमप्रभुले यी कुराहरू भन्नुभयो “जुन मानिसले अरू मानिसमाथि भरोसा गर्छ अनि शारीरिक शक्तिमाथि विश्वास गर्छ र परमप्रभुबाट आफ्नो हृदय टाढो लैजान्छ त्यसलाई धिक्कार।
“यहूदा, लबानोनको पर्वतमाथि जाऊ र जोडले चिच्याऊ। बाशान क्षेत्रमा जोडले कराऊ। अबारीमको पर्वतहरूमा चिच्याऊ किनभने तिम्रो ‘प्रेमीहरूलाई’ ध्वंश पारिनेछ।
बाबेलका राजाले सिदकियाहलाई बाबेलमा लैजानेछ। जहाँ मैले कार्वाही नगरूञ्जेल सम्म उ रहेनछ। यहूदाका सैन्यले बाबेलका सैन्यसित लडाइँ गर्नेछन् तर तिनीहरू सफल हुँदैनन्।”‘ यो परमप्रभुबाट आएको सन्देश हो।
“परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ ‘यहूकल अनि सपन्याह! यहूदाका राजा सिदकियाहले तिमीलाई मकहाँ प्रश्नहरू सोध्न पठाएका छन्। राजा सिदकियाहलाई यसो भन मिश्रका सेना जो तिमीलाई सघाउन आइरहेका थिए, फर्की जानेछन्।
सहायताको निम्ति हेर्दा हेर्दा हाम्रो आँखाहरू टट्टाए। तर कतैबाट सहायता आएन। हामीले स्वयंलाई बचाउँन कुनै एक जातिलाई हेर्यौं। तर कुनै जाति पनि आएन।
तर यो नयाँ राजाले कुनै न कुनै प्रकारले नबूकदनेस्सरको विरूद्ध विद्रोह गर्ने प्रयत्न गर्यो। उसले सहायताको लागि मिश्रमा राजदूतहरू पठायो। नयाँ राजाले धेरै घोडा अनि सैनिक मागे। यस्तो दशामा के तिमी सम्झन्छौ कि यहूदाको राजा सफल हुन्छ? के तिमी सम्झन्छौ कि नयाँ राजासँग प्रयाप्त शक्ति हुन्छ अनि उसले करार भङ्ग गरी दण्डबाट बाँच्न सक्छ?”