Home Bibles ☰ Books नहेम्याह 7:6 · नेपाली बाइबल
नहेम्याह 7:6 · नेपाली बाइबल

यी मानिसहरू त्यो प्रदेशका मानिसहरू हुन् जो कैदीबाट आएका हुन, जसलाई बाबेलका राजा नबूकदनेसरले कैद गरेर लगेका थिए। (तिनीहरू हरेक आ-आफ्ना शहर यरूशलेम अनि यहूदामा फर्के।)

Cross references

2 राजा 24:14

नबूकदनेसरले यरूशलेमका सबै मानिसहरूलाई पक्रिए। उनले सबै अगुवाहरू तथा अरू पनि मानिसहरूलाई पक्रिए। उनले 10,000 मानिसहरूलाई लगे अनि तिनीहरूलाई बन्दी बनाए। नबूकदनेसरले सबै दक्ष कर्मी अनि कारीगरहरूलाई लगे। साधारण मानिसहरूमा दरिद्र बाहेक अरू कोही रहेनन्।

2 राजा 25:11

नबूजरदानले शहरमा छोडिएका सबै मानिसहरूलाई पत्रे। नबूजरदानले बाबेलको राजा समक्ष आत्म समर्पण गरेका सबै मानिसहरूलाई बन्दीको रूपमा लगे।

2 इतिहास 36:1

यहूदाका मानिसहरूले यहोआहाजलाई यरूशलेममा नयाँ राजा हुनका लागि चुने। यहोआहाज योशियाहका छोरा थिए।

एज्रा 2:1

त्यस प्रदेशका यी मानिसहरू कैदबाट फर्केका थिए। जसलाई बाबेलका राजा नबूकदनेसरले कैदी बनाएर बाबेलमा लगेका थिए। तिनीहरू प्रत्येक आफ्नै शहर यरूशलेम अनि यहूदामा फर्किए।

एज्रा 5:8

यो कुरा राजालाई अवगत होस् कि हामी महान परमेश्वरको मन्दिर यहूदा प्रदेशमा गयौ, अनि विशाल शिला खण्ड द्वारा यसको पुनःर्निर्माण हुँदैथियो, काठका बीमहरू पर्खालहरूमा लगाइँदै थियौ यो काम सरासरी गरिदै थियो। तिनीहरूको हातबाट राम्ररी काम भईरहेको थियो।

एज्रा 6:2

तर मादी प्रदेशमा राज वासस्थान-एक्बातानामा एक मुठा चर्मपत्र भेट्टाए त्यसमा यस्तो लेखिएको थियोःस्मारिकाः

यर्मिया 39:1

यरूशलेमलाई कसरी परास्त पारियो यहाँ वर्णन गरिएको छ यहूदाका राजा सिदकियाहको शासनकालको नवौं वर्षको दशौं महीनामा बाबेलका राजा नबूकदनेस्सरले आफ्ना सम्पूर्ण सेना लिएर यरूशलेमको विरूद्ध अघि बढे अनि त्यसलाई घेराव हाले।

यर्मिया 52:1

सिदकियाह यहूदाका राजा हुँदा उनी 12 वर्ष मात्रका थिए। सिदकियाहले यरूशलेममा एघार वर्ष राज्य गरे। उनकी आमाको नाउँ हमूतल हो तिनी यर्मियाकी छोरी थिइन्। हमतूलका परिवार लिब्ना शहरका थिए।

Interlinear

Choose Theme