तिनीहरूले त्यही सन्देश मलाई चारपल्ट पठाए, अनि मैले तिनीहरूलाई त्यही प्रकारले उत्तर दिएँ।
Cross references
यसर्थ दलीलाले शिमशोनलाई भनिन्, “तिमी किन यस्तो बलवान छौ मलाई भन। कसैले बाँधेर तिमीलाई असहाय तुल्याउन सक्छ?”
तब दलीलाले शिमशोनलाई भनिन्, “तिमीले मलाई ढाँट्यौ। तिमीले मलाई मूर्ख पार्यौ। कृपया मलाई साँचो भन, कसैले तिमीलाई कसरी बाँध्न सक्छ?”
तब दलीलाले शिमशोनलाई भनिन्, “‘म तिमीलाई प्रेम गर्छु’ भनी तिमी कसरी भन्न सक्छौ जब तिमीले म माथि विश्वास नै गर्दैनौ भने? तिम्रो भेद मलाई बताउन तिमी अस्वीकार गर्छौ। तिमीले मलाई मूर्ख तुल्याएको यो तेस्रो पल्ट हो। तिम्रो महान शक्तिको भेद तिमीले मलाई भनेका छैनौ।”
त्यस स्त्रीले उसलाई फसाउँन यी शब्दहरूको व्यवहार गरी अनि त्यो मूर्ख केटो फँस्यो।
एकजना अनुभवरहित मानिसले आफूले सुनेको प्रत्येक कुरामा विश्वास गर्छ, तर एकजना ज्ञानी मानिसले उसले टेकेको प्रत्येक पाइलाको राम्ररी विचार गर्छ।
तर यो विधवाले भने मलाई हैरान पारी। यदि त्यसले चाहेका न्याय गरिदिएँ भने उसले मलाई छोडिदिने छे।नत्र घरी-घरी आउँनेछे अनि त्यसले मलाई हैरान बनाउँनेछे।”‘
यसैकारण मेरा प्रिय दाज्यू-भाई दिदी-बहिनीहरू हो, दरिलोसित खडा हौ। कुनै कुराले तिमीहरूलाई आफ्नो स्थानबाट विचलित नपरोस्। सँधै आफूलाई प्रभुको काममा लगाऊ। तिमीहरू जान्दछौ प्रभुमा तिमीहरूको काम कहिल्यै व्यर्थ जानेछैन।
तर हामी ती झूटा भाइहरूले चाहेका कुरामा अलिकति पनि झूकेनौं जसमा कि तिमीहरूमा सुसमाचारको सत्यता रहिरहोस्।