यसकारण मैले तिनीहरूकहाँ सन्देशवाहकहरू पठाएँ जसले भने, “मैले एउटा मुख्य काम गरिरहेछु। यसर्थ म तिमीहरूकहाँ आउन सक्तिन। काम रोकेर म किन तिमीहरूकहाँ आउँनु?”
Cross references
तब मैले मानिसहरूलाई पर्खालको पछि सब भन्दा तल्लो खुल्ला ठाउँमा राखें र तल्लो खुल्ला भूमिहरूमा पठाए। मैले मानिसहरूलाई तिनीहरूको परिवार अनुसार तरवार, भाला अनि धनुहरूसित तैनाथ गराएँ।
एकजना अनुभवरहित मानिसले आफूले सुनेको प्रत्येक कुरामा विश्वास गर्छ, तर एकजना ज्ञानी मानिसले उसले टेकेको प्रत्येक पाइलाको राम्ररी विचार गर्छ।
हर समय गर्नको लागि तिमी सित काम छ, त्यसलाई तिमी जति राम्रोसित गर्नसक्छौ गर। चिहानमा त कुनै कामै हुँदैन। त्यहाँ न त चिन्तानै हुन्छ न ज्ञान, न विवेक नै। अनि मृत्युको त्यस ठाँउमा। हामी सबै त जाँदैछौं।
“सुन! म तिमीहरूलाई ब्वाँसोका बीचमा भेडाझै गरी पठाउँछु। यसकारण सर्पझैं चनाखो बन। अनि ढुकुर झैं सोझो बन।
तिनीहरूले भन्ने छन्, यो मानिसले घर बनाउन त शुरू गर्यो तर पूरा गर्न भने सकेन।’
अहिले जब दिनको समय छ हामीले उहाँको कामहरू गर्नु पर्छ जसले मलाई पठाउनु भयो। रात पर्न आँटेको छ। अनि कसैले पनि राती काम गर्दैन।
यी कुराहरू प्रति विचार गरिरहु, ती कुराहरू गर्नमा तिम्रो जीवन समपर्ण गर। तब हरेक व्यक्तिले तिम्रो उन्नति देख्न सक्नेछन्।