Home Bibles ☰ Books नहेम्याह 5:9 · नेपाली बाइबल
नहेम्याह 5:9 · नेपाली बाइबल

तब मैले भनें, “तिमीहरूले जे गरिरहेछौ। त्यो राम्रो छैन। तिनीहरू हाम्रा शत्रु राष्ट्रहरूको नजरबाट बाँच्नका निम्ती हाम्रा परमेश्वरप्रति सम्मानपूर्वक बाँच्नु पर्छ।

Cross references

उत्पत्ति 13:7

त्यसै समयमा त्यस भूमिमा कनानी परिज्जी मानिसहरू पनि बस्थे। अब्राम र लूतका गोठालाहरू एक-अर्कासंग झगडा गर्न थाले।

उत्पत्ति 20:11

तब अब्राहामले भने, “म डराएको थिएँ। मैले सोचे यस भूमिमा कसैले पनि परमेश्वरको डर मान्दैन होला यसर्थ मैले सोचें तिमीहरूले सारालाई पाउनका निम्ति मलाई मार्ने छौ।

उत्पत्ति 42:18

तीन दिनपछि यूसुफले तिनीहरूलाई भने, “म परमेश्वरको डर मान्ने मानिस हुँ। मैले भनेको मान तब म तिमीहरूलाई बाँच्ने मौका दिन्छु।

लेवी 25:36

तिमीहरूले उसलाई ऋण दिए सूद-ब्याज वा नाफा नलिन र आफ्नो परमेश्वरको सम्मानमा उसलाई तिमीहरूसित बस्न देऊ।

1 शमूएल 2:24

छोरा हो, त्यस्तो खराब कार्य नगर। परमप्रभुका मानिसहरूले तिमीहरूका बारेमा नराम्रो कुरा गर्दैछन्।

2 शमूएल 12:14

तर तिमीले जे गर्यौ त्यसले गर्दा परमप्रभुका शत्रुहरूले उहाँलाई आदर गर्न छोडे। यही कारण तिम्रो काखको छोरा मर्नेछ।”

नहेम्याह 4:4

मैले भनें, “हाम्रा परमेश्वर! हामीलाई सुन्नु हुन्छ किनभने हामी तुच्छ भएका छौं। तिनीहरूको गिल्लाले तिनीहरू आफैंले कष्ट भोगुन्। तिनीहरूलाई बन्दी बनाउनु अनि लुटाउन सुम्पिदिनुहोस्।

नहेम्याह 5:15

पहिलेका राज्यपाल जो मेरो अघि थिए, मानिसहरू माथि गह्रौ बोझ लदाएको थिए। अनि आधा किलोग्राम चाँदीसित तिनीहरूबाट खाद्य अनि दाखरस पनि लिएका थिए। तिनीहरूका सेवकहरू अघिका मानिसहरू माथि कठोर शासन गरेका थिए। तर मैले यस्ता कुराहरू गरिन किन भने म परमेश्वरसित डराउँथे।

हितोपदेश 16:29

एकजना उपद्रवी मानिसले उसको छिमेकिलाई ठग्छ। उसले आफ्नो मित्रलाई अनुचित बाटोमा डोर्याउँछ।

हितोपदेश 17:26

अन्याय नगरी दण्ड दिनु गल्ती हो। यसरी नै ईमानदार अगुवाहरूलाई ठीक काम गरे बापत सजाय दिनु अनुचित हो।

हितोपदेश 18:5

एकजना दोषी मानिसको पक्ष लिएर निर्दोष मानिसलाई अन्याय गर्नु अत्यन्तै अनुचित हो।

हितोपदेश 19:2

बिनाज्ञान उत्साहीत हुनु राम्रो होइन। यदि तिमी धेरै हतार गर्छौ भने विराउने छौ।

Interlinear

Choose Theme