उनीहरू ती राष्ट्रहरूमा गए अनि ती देशहरूमा उनीहरूले मेरो बदनाम गरे। कसरी? त्यहाँ राष्ट्रहरूले उनीहरूको विषयमा कुरा गरे। तिनीहरूले भने, ‘ती परमप्रभुका मानिसहरू हुन् तर तिनीहरूले उहाँको भूमि छोडनु पर्यो।’
Cross references
तर मोशाले परमप्रभु उसका परमेश्वरलाई शान्त गराए अनि भने, “हे परमप्रभु तपाईंका आफ्नै मानिसहरूसित चाँडै क्रोधित नहुनुहोस्। तपाईंले यी मानिसहरूलाई मिश्रबाट तपाईंका विशाल अद्भुत शक्ति र बल प्रयोग गरेर बाहिर ल्याउनु भयो।
यसर्थ अहिले तपाईंले यी मानिसहरूलाई मार्नु हुँदैन। यदि तपाईंले मार्नु भयो भने तपाईंको शक्तिको बारेमा जान्ने सबै राष्ट्रहरूले भन्नेछन्,
कनानी मानिसहरू अनि यो देशका अन्य सबै मानिसहरूले जे भयो त्यस बारे सुन्ने छन्। तब तिनीहरूले हामीलाई आक्रमण गर्नेछन् र हामी सबैलाई मार्नेछन्। तब तपाईंको महान नाउँको रक्षा गर्नका निम्ति तपाईं के गर्नु हुनेछ?”
तर तिमीले जे गर्यौ त्यसले गर्दा परमप्रभुका शत्रुहरूले उहाँलाई आदर गर्न छोडे। यही कारण तिम्रो काखको छोरा मर्नेछ।”
हिजकियाहले परमप्रभुप्रति तिमीहरू विश्वास गर्ने बनाउन नसकोस्। हिजकियाह भन्दछन्, ‘परमप्रभुले हामीलाई बचाउनु हुनेछ! अश्शूरकाले राजा यस शहरलाई परास्त गर्ने छैनन्!’
सकेनन् के अरू देशका देवताहरू मध्ये कसैले आफ्नो देश मबाट बचाउन सके? सकेनन् के परमप्रभुले मबाट यरूशलेमलाई बचाउन सक्नुहुन्छ? सक्दैनन्।”
यहूदाका राजा हिजकियाह यो भन, परमेश्वर जसमाथि तिमीले भरोसा गर्छौ, “तिमीलाई धोका दिन्छ उसलाई यो गर्न नदेऊ उसले भन्छ अश्शूरका राजाले यरूशलेमलाई पराजित गर्ने छैनन्।”
अब हेर के भयो। अर्को जातिले मेरा मानिसहरू लगेर गयो। त्यो देशले ज्याला तिरेन्। यी जातिले मेरा मानिसहरूमा शासन गरे र उनीहरू हाँसे। ती मानिसहरूले मेरो बारेमा सधैं नराम्रा कुराहरू गर्दछन्।”
“यर्मिया, तिमीले सुन्यौ, मानिसहरूले के भनिरहेछन्? ती मानिसहरूले भनिरहेका छन्, ‘परमप्रभुले यहूदा र इस्राएलका परिवारहरूलाई जसलाई चुन्नुभएको थियो ती दुइलाई त्याग गर्नु भयो। तिनीहरूले मेरा मानिसहरूलाई घृणा गर्छन अनि तिनीहरूलाई एउटा जाति भनी भन्नु चाहँदैनन्।”
“तर म कतिपय मानिसहरूलाई जीवित राख्नेछु। तिनीहरू रोग, अनिकाल र युद्धद्वारा मर्ने छैनन्। म तिनीहरूलाई यसकारण जीवित राख्नेछु कि तिनीहरू अन्य मानिसहरूसँग त्यो घिनलाग्दो कामको बारेमा भन्न नसकुन् जुन तिनीहरूले मेरो विरूद्ध गरे। त्यसपछि तिनीहरूले थाहा पाउनेछन् म नै परमप्रभु हुँ।”
अब हेर, तिमीहरूले जब नरसिंङ्ग, बाँसुरी, सितार, सात वटा तार भएको बाजा, वीणाहरू, मसक तथा प्रत्येक प्रकारको अर्को वाद्य यन्त्रहरूको ध्वनी सुन्यौ अनि सुनको मूर्तिको साम्ने झुकेर पूजा गर्नु पर्नेछ। यदि तिमीहरूले मैले बनाएको सुनको मूर्तिको पूजा गर्न तयार भयौ भने राम्रो हो तर यदि त्यसको पूजा गर्न अस्वीकार गर्यौ भने तिमीहरूलाई तुरन्तै दन्-दन् बल्दै गरेको आगोको भट्टीमा हालिनेछ। त्यस पछि तिमीहरूलाई कुनै पनि अरू देवताहरूले बचाउँन सक्ने छैन।”
धर्मशास्त्रमा लेखिएको छः “तिमीहरूको कारणले, अन्य गैर-यहूदीहरूद्वारा परमेश्वरको अपमान भएको छ।”