अझ अरूहरू भन्दै थिए, “हामीले हाम्रा खेतहरू अनि दाख बारीहरूमाथि, राजाको तिरो तिर्नका निम्ति ऋणलिनु परेकोछ।
Cross references
“कारण तिमीहरूसित प्रत्येक चीज परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको प्रशस्त हुँदा तिमीहरूले उहाँको सेवा गरेनौ।
तर एप्रैमका मानिसहरूले कनानी मानिसहरूलाई गेजेर शहर छाड्न बाध्य तुल्याउन समर्थ थिएनन्। यसकारण कनानी मानिसहरू एप्रैमी मानिसहरू माझ बस्छन्। तर कनानी मानिसहरू एप्रैमी मानिसहरूका दास भएका छन्।
इस्राएलीहरू ती मानिसहरूलाई सर्वनाश पार्न योग्य भएनन्। तर सुलेमानले तिनीहरूलाई दासको रूपमा काम गर्न वाध्य गराए। तिनीहरू अझै पनि दास नै छन्।
अब, राजाले यो कुरा जान्न सकून कि यदि त्यो शहरको पुनःर्निर्माण भयो भने र त्यसका पर्खालहरू पूर्ण भए भने तिनीहरूले कुनै किसिमका तिरोहरू तिर्नेछैनन्। आखिरमा यसले राज्यसत्ता प्रति हानी पुर्याउनेछ।
त्यहाँ यरूशलेममा शक्तिशाली राजाहरू थिए अनि जसले नदी पारिका समस्त प्रदेशहरू नियन्त्रण गरे। अनि सबै किसिमका तिरोहरू तिनीहरूलाई तिरिन्थ्यो।
हामी तिमीहरूलाई सुचित गर्छौं, कि समस्त पूजाहारीहरू लेवीहरू, गायकहरू, द्वारपालहरू, मन्दिरका सेवकहरू अनि परमेश्वरको यो मन्दिरका अन्य सेवकहरूले कुनै प्रकारका तिरो तिर्नु पर्ने छैन।
भूमिको प्रशस्त फसलहरू राजाहरूका अधिनमा छ जसको अधिनमा हामीलाई हाम्रो पापको कारणले राखिदिनु भयो। तिनीहरूले हाम्रो शरीरहरू अनि हाम्रा पशुहरू माथि तिनीहरूको इच्छा अनुसार शासन गरे, अनि हामीहरू ढूलो कष्टमा पारिरहेका छौ।
धनी मानिसहरूले गरीब मानिसहरूलाई शासन गर्छन् अनि उधारो लिनेहरू उधारो दिनेहरूको कमारा बन्छन्।